World

Wednesday, 11 May 2016

2५६० औं बुद्धजयन्ती: राष्ट्रसंघका महासचिव मुन र चिनियाँ राष्ट्रपति सी लुम्बिनी आउने !


दैनिक नेपाल२०७२ चैत १२ गते २०:४७
लुम्बिनी, १२ चैत । २५६० औं अन्तर्राष्ट्रिय बुद्धजयन्ती समारोहमा सहभागी हुन संयुक्त राष्ट्रसंघका महासचिव वान की मुन र चिनियाँ राष्ट्रपति सी जिन पींग लुम्बिनी आउने भएका छन् ।
२५६० औं बुद्धजयन्ती समारोह तथा अन्तराष्ट्रिय बौद्ध सम्मेलन सम्बन्धमा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको बृहत अन्तरक्रियात्मक गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री आनन्द पोखरेलले संयुक्त राष्ट्रसंघका महासचिव वान की मुन र चिनिया राष्ट्रपति सी जिन पींगलाई लुम्बिनी भ्रमणको निम्तो दिएर आएको बताए ।
मन्त्री पोखरेलले २०७३ जेठ ६, ७ र ८ गते हुने ३ दिवसीय २५६० औं अन्तराष्ट्रिय बुद्धजयन्ती समारोहमा युएनका महासचिव मुन र चिनियाँ राष्ट्रपति सी आउने धेरै सम्भावना भएको जनाउदैं भने “हामीले २५६० औं अन्तराष्ट्रिय बुद्धजयन्ती समारोहको अवसरमा धेरै देशका राष्ट्रप्रमुख र राजदूतलाई निमन्त्रणा गरेका छौं त्यसमध्ये संयुक्त राष्ट्रसंघका महासचिव वान की मुन र चिनीया राष्ट्रपति जिं पींगले लुम्बिनी आउने इच्छा व्यक्त गर्नुभएको छ । मलाई जहांसम्म लाग्छ लुम्बिनीबासीले एकताबद्ध भई भब्य र सभ्य रुपमा बुद्धजयन्ती तयारी गरेमा उहांहरु आउने सम्भावना बढेको छ ।”
मन्त्री पोखरेलले सो अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमसिंघहे, विहारका मुख्यमन्त्री नितीश कुमार र युनेस्कोका डाइरेक्टर जनरल इरीनिया बेकाभालाई पनि निमन्त्रणा गरिएको जनाए ।
buddha jayanti minister pokhrel pic (12)
बुद्धजयन्तीका अवसरमा श्रीलंका, म्यानमार, थाइल्याण्ड, भारत, चीन, भियतनाम, कम्बोडिया, जापन, भुटान, दक्षिण कोरिया, लाओस, मंगोलिया र इजरायलका संस्कृति तथा धार्मिक मामाला मन्त्रीहरु पनि सहभागी हुने मन्त्री पोखरेलले बताए ।
मन्त्री पोखरेलका अनुसार अन्तर्राष्ट्रिय बुद्ध जयन्तीको अवसरमा श्रीलंका, म्यानमार, भारत, चीन, भियतनाम, कम्बोडिया, जापन, भुटान, दक्षिण कोरिया, लाओस, मंगोलिया, सिंगापुर, इन्डोनेसिया, मलेसीया, बंगालादेश, रुस, जर्मनी, फ्रान्स, अष्ट्रीया, क्यानडा, बेलायत, र संयुक्त राज्य अमेरिकाका राष्ट्रिय बौद्ध संघसंस्थाहरुका पनि प्रमुख सहभागी हुनेछन् ।
समारोहको तयारी तिब्रता पुर्वक भईरहेको र त्यसकोलागी बबरमहल काठमाण्डौंमा सचिवालय खोली कार्यप्रारम्भ गरिएको समेत जनाइएको छ । सम्मेलनको लागी मन्त्री पोखरेलको संयोजकत्वमा १२ वटा उपसमितीहरु समेत गठन भएको जानकारी दिएको छ ।

No comments:

Post a Comment