World

Monday, 16 May 2016

राप्रपा नेपालले नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय सनातन धर्मसभा आयोजना गर्ने भएको छ ।

राप्रपा नेपालले काठमाण्डौमा अन्तराष्ट्रिय सनातन धर्मसभा गर्ने जेठ ३ । राप्रपा नेपालले नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय सनातन धर्मसभा आयोजना गर्ने भएको छ । सोमबार राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सनातन धर्मसभा आयोजना गर्ने लगायतका विभिन्न निर्णय गरेको हो । बैठकले आज गरेका निर्णय जस्ताको त्यस्तै  : १. पार्टीको बृहत्तर हित र एकता विपरित छुट्टै भेलाको आयोजना, गर्ने, पटक पटक सचेत गराउँदा पनि अटेर गर्ने कार्यमा संलग्न ललितपुर जिल्ला कार्य समितिलाई पार्टीको विधानको धारा २५ को उपधारा १२ बमोजिम विघटन गरिएको छ । साथै नयाँ समिति गठन गर्नका लागि बागमति अंचल संयोजक बाबुकाजी प्रधानलाई त्यस जिल्लामा रहेका केन्द्रीय सदस्यहरुसँग परामर्श गरी आगामी तिन दिनभित्र सिफारिस गर्न निर्देश गरेको छ । २. राप्रपा नेपालले निकट भविष्यमा काठमाण्डौमा अन्र्तराष्ट्रिय सनातन धर्मसभा गर्ने निर्णय गरेको छ, यसका लागि सभाको अवधारणा पत्र, कार्यक्रमको मोडालिटि एवं तिथि मिति तय गरी अर्को बैठकमा पेश गर्न केन्द्रीय सचिवालयलाई निर्देश गरेको छ । ३. राप्रपा नेपालले शुरु देखि नै निरन्तर उठाउँदै र पटक पटक दबाबमुलक संघर्षका कार्यक्रम गर्दै आएको स्थानीय निकायको निर्वाचन बारे सरकारले नीति तथा कार्यक्रममा समावेश गरेकोमा राप्रपा नेपालको बैठकले सन्तोष व्यक्त गरेको छ । स्थानीय निकायको निर्वाचनको औचित्य र आवश्यकता बारे आगामी जेठ ७ गते काठमाण्डौमा बृहत गोष्ठि गर्ने निर्णय समेत गरेको छ । ४. राप्रपा नेपालको बैठकले पार्टीको मौजुदा साँगठनिक संरचनालाई प्रादेशीक संरचनामा लैजाने सैद्धान्तिक सहमति गरेको छ । यसका लागि पार्टीका महामन्त्री एवं संगठन विभागका प्रमुख डा. धवल शम्शेर राणा संयोजक रहेको प्रादेशिक संरचना पुर्न्निर्माण सुझाव समिति गठन गरेको छ । ५. राप्रपा नेपालले सरकारमा सहभागी भएपछिको अवस्थालाई गम्भिर ढंगले समिक्षा गरेको छ । सरकारको काम कारबाही प्रभावकारी हुन नसकेको प्रति बैठकले चिन्ता व्यक्त गर्दै भुकम्प पछिको पुर्न्निर्माण, जनजिविका लगायतका बिषयमा गम्भिर हुन बैठकले सरकारको ध्यानाकर्षण गराएको छ । 

No comments:

Post a Comment