World

Friday, 13 May 2016

अर्थमन्त्रालयबाट गुल्मी जिल्लाको सडकखण्डलाई ठूलो बजेट


वैशाख ३१  |  

गुल्मी– गुल्मी जिल्लाका दुई वटा सडकलाई आज अर्थमन्त्रालयबाट ठूलो रकम स्वीकृत भएको जानकारी प्राप्त भएको छ । अर्थमन्त्रालय पुगेका नेपाली कांग्रेसका जिल्ला सचिव खिलध्वज पन्थीले दिएको जानकारीअनुसार तम्घास नेटा सडकका लागि १० करोड र पटौती खज्र्याङ्ग सडकका लागि २५ करोड रुपैयाँ स्वीकृत भएको हो ।
सचिव पन्थीले गुल्मी क्षेत्र नम्वर–२ का सांसद चन्द्र भण्डारीको पहलमा उक्त रकम स्वीकृत भएको बताउँदै अब छिट्टै भौतिक योजना मन्त्रालयले उक्त सडकमा काम सुरु गर्ने जानकारी दिए ।
अन्य राजनैतिक दलका नेताहरुले भने वहुवर्षिय योजना अन्तर्गतका गुल्मीका कुनै पनि सडकमा सरकारबाट वर्षेनी स्वतः रकम पर्ने गरेको प्रतिकृया दिँदै आएका छन् । स्मरण रहोस नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका सांसद भण्डारीले पटौली खस्र्याङ्गसहित सालझण्डी तम्घास सडक खण्डलाई आफ्नो चुनावी मुद्दा बनाएका थिए ।

No comments:

Post a Comment