World

Thursday, 12 May 2016

चलचित्र कबड्डी कबड्डी अब अनलाइन हेर्न मिल्ने, पशुपतिप्रसाद आउँदै


वैशाख ३०

 

नयाँ नेपाली चलचित्र हल र अनलाइनमा एकैसाथ प्रिमियर गर्ने तयारी

13227073_1178029218876205_5666564425984991431_nकाठमाडौं – नेपालको सुपर हिट चलचित्र ‘कबड्डी कबड्डी’ अब आनलाइन हेर्न मिल्ने भएको छ । नयाँ चलचित्र अनलाइन हेर्न मिल्ने गरी शुरुवात गरिएको हाम्रो मुभी डटकमले सो चलचित्र अनलाइन हेर्न व्यवस्था मिलाएको हो ।
चैत २२ गतेदेखि औपचारिक शुरुवात गरिएको हाम्रो मुभीले पहिलो पहिनामा नयाँ चलचित्र कबड्डी कबड्डी अनलाइन हेर्नका लागि व्यवस्था मिलाएको छ । त्यस्तै केही हप्तामा नै निकै सहराना गरिएको अर्को चलचित्र ‘सुनगाभा’ पनि उपलब्ध हुने हाम्रो मुभी डटकमले जनाएको छ ।
‘अब हामीले नियमितरुपमा नै नयाँ चलचित्रहरु हाम्रो मुभीमा राख्ने तयारी गरेका छौं । केही दिनभित्र सुनगाभा राख्ने छौं,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले भने । उनले अर्को सुपरहित चलचित्र ‘पशुपतिप्रसाद’ पनि हाम्रो मुभीमा छिट्टै हेर्न पाइने जानकारी दिए ।
सापकोटाले अब सिनेमा हल र हाम्रो मुभीमा एकै साथ चलचित्र प्रिमियर गरिने पनि जानकारी दिए । ‘छेस्को र जिस्म चलचित्र हल र हाम्रो मुभीमा एकै साथ प्रिमियर गर्ने तयारी गरेका छौं,’ उनले भने ।
हाम्रो मुभीमा एक महिनामा नै ३५ हजार सब्सक्राइबर भैसकेका छन् ।

No comments:

Post a Comment