विर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले हिन्दु राज्यको पक्षमा सोमवार दिउँसो विर्तामोडमा विशाल प्रदर्शन गरेको छ ।
उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रदर्शनपछि आयोजना भएको सभालाई सम्बोधन गर्दै बाह्य शक्तिको दवाव र प्रभावमा परेर प्रमुख दलका केही नेताले संविधानमा धर्म निरपेक्षता लेखाउने गल्ती गरेको दावी गर्दै जनताको अभिमत लिएर संसद्बाटै त्यसलाई सच्याइने बताए।
‘संविधानका प्रावधान परिवर्तन गर्न संविधान बाधक छैन’, राप्रपा अध्यक्ष थापाले भने–‘हामी यही संविधान प्रयोग गरेरै हिन्दु राज्य ल्याउँछौँ ।’
rpp 1कार्यक्रममा बोल्दै पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले सरकार र सडक दुबै मञ्चबाट पार्टीले हिन्दुत्वको आवाज उठाइरहेको बताए।
जिल्लाका विभन्न नगर तथा गाउँबाट आएका हजारौँ कार्यकर्ताले हिन्दु राज्य कायम गर, राप्रपा नेपाल जिन्दावाद लगायतका नारा घन्काउँदै करीव १२ः३० बजे सुरु गरेको र्यालीले विर्तामोड परिक्रमा गरेको थियो ।
र्यालीको अगुवाई पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले गरेका थिए । हिन्दुत्व जागरणका लागि पार्टीले त्यस्तो र्याली र सभाको आयोजना गरेको जनाएको छ।
पार्टीका सहमहामन्त्री राम थापा, केन्द्रीय सदस्य राजकुमार पोखरेल, रञ्जु प्याुकरेल, जिल्ला अध्यक्ष अम्बर विष्ट लगायतका वक्ताले अदुवा पुल पूर्व आयोजित जनसभालाई सम्बोधन rpp 3थिए । जिल्ला अध्यक्ष विष्टले जनप्रदर्शनमा व्यापक सहभागिताले उत्साहित तुल्याएको बताए ।
मौसम केही शितल भएकाले कार्यक्रममा सहभागीले राहत अनुभूति गरेका थिए।

No comments:
Post a Comment