World

Wednesday, 25 May 2016

फुटवल स्ट्राईकर बिमल घर्तीकी बहिनी मनिषा मृत अवस्थामा फेला

फुटवल स्ट्राईकर बिमल घर्तीकी बहिनी मनिषा मृत अवस्थामा फेला   May 26, 2016
गैँडाकोट , १३ जेठ - फुटवल स्ट्राईकर विमल घर्ती मगरकी बहिनी मनिषा घर्ती मगर मृत अवस्थामा फेला परेकी छन्।

बिहान नवलपरासी बर्दघाट भुताहामा रहेको घरमा घर्तीको शव फेला परेको ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी प्रमुख श्याम सुन्दर केसीले जानकारी दिए। बर्दघाट ८ भुताहा चोक बाट डेढ किलोमिटर दक्षीण तर्फ गएराती भएको घटना बिहान मात्र थाहा भएको हो।

बिहान परिवारका सदस्यले ढोका खोल्दा मनिषा मृत देखेपछी प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा प्रहरी पुगेको छ।

१५ बर्षीय घर्तीको हत्या हो अथवा आत्महत्या भन्ने बारेमा अनुसन्धान गरीने ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ। अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय नवलपरासीको टोली खटिएको छ। थप जानकारी आउन बाँकी नै छ।

No comments:

Post a Comment