World

Wednesday, 25 May 2016

उपप्रधानमन्त्री कमल थापा र इजरायली राष्ट्रपति रेउभेन रिवलिनसंग भेटवार्ता-फोटोहरु

धानमन्त्री बेनजामिन नेतन्याहु लगायत अन्य नेताहरुसंग पनि भेट गर्ने कार्यक्रम


[WIDGET_TITLE_PROMOTED_CONTENT]
by The #1 Super-Foods That Rapidly Burn Belly Fat (Eat This ...
kamal-thapa1
इजरायली कपको फाइनलमा इजरायली राष्ट्रपतिसंग भेट्दै उपप्रधानमन्त्रि थापा
काठमाडौं जेठ १२ इजरायल भ्रमणको लागि नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै इजरायल आएका उपप्रधानमन्त्रि तथा परराष्ट मन्त्रि कमल थापाले इजरायलको बिभिन्न उच्च नेतृत्वसंग भेट गरेका छन् |नेपाल र इजरायल बीच उच्चस्तरीय केहि सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ | उपप्रधानमन्त्री थापाको साथमा इजरायलको लागि नेपाली राजदुत प्रह्लाद कुमार प्रसाई पनि छन् |
इजरायली कपको फाइनल खेल हेर्दै उपप्रधानमन्त्री थापाले इजरायली राष्ट्रपति रेउभेन रिवलिनसंग भेट वार्ता गरेका छन् । थापाले इजरायलका प्रधानमन्त्री बेनजामिन नेतन्याहु लगायत अन्य नेताहरुसंग पनि भेट गर्ने कार्यक्रम छ |
इजरायलमा परराष्ट्र सचिव स्तरीय दुइृपक्षीय सयन्त्र सम्वन्धी सम्झौता हुने भएकोले उनको भ्रमण हुन लागेको हो । दुवै देशको परराष्ट्रमन्त्रीको उपस्थितीमा त्यो संयन्त्रको हस्ताक्षर सचिव स्तरीय हुने कार्यक्रम छ । दुईपक्षीय संयन्त्र बनेमा नेपाल इजरायल सम्वन्धका विभिन्न पक्षबारे छलफल हुन सक्नेछ ।
kamal-thapa2
हरेक बर्ष एक अर्का राजधानीमा आलोपालो बैठक बस्नेछ । त्यहाँ उनले उच्च नेतृत्वलाई भेट्ने नेपाली केअर गिभरलाई जतिसक्दो छिटो त्यहाँ पठाउने बातावरण बनाउने, कृषिमा लगानी भित्र्याउन पहल गर्ने जस्ता कार्यक्रम बनेको परराष्ट्र अधिकारीले बताए ।
इजरायलबाट थापा भोलि सिधै भारतको भ्रमणमा जाने छन् । नेपाल र भारतबीच चिसिरहेको सम्बन्ध सुधारको लागि भन्दै उनी भारत जान लागेका हुन् । परराष्ट्रमन्त्री भएयता उनी चौथो पटक भारत जान लागेका हुन् ।
mantrithapappapa
इजरायली फैनल कप हेर्दै उपप्रधानमन्त्री थापा
दक्षिण एसिया विश्व विद्यालयको दिक्षान्त कार्यक्रममा सहभागिताको लागि उनको यो भ्रमण हुन लागेको भए पनि विशेष गरि सम्वन्ध सुधारकै लागि उपयोग गर्न लागिएको परराष्ट्र मन्त्रालय उच्चस्रोतले बतायो ।
दिक्षान्त सम्मेलन अगामी २९ गते रहेको छ ।
फोटो साभार इजरायलइननेपाल

No comments:

Post a Comment