न्यूजअभियान | प्रकाशित मिति : २०७३ जेठ १२ बुधबार

बाकेँ । दुइ दिन अगाडिमात्र बाँके ज़िल्लाको बिस्कोरियन टोल नेपालगंजमा अवस्थित हनुमान गढी मन्दिरमा अज्ञात समूहद्वारा हिन्दुहरुको मन्दिर परिसरभित्र ढुंगा मुढा प्रहार भएको छ ।
हिन्दुहरुको आस्थाको मन्दिर परिसरमा ढुंगा मुढामात्र होइन् मन्दिरभित्र रहेको शिवलिंग नै तोडेर लागिएको छ ।
सरकारले धर्म निरपेक्षता घोषणा गरेको रवाफमा आतङ्ककारी समुहले निन्दनीय कार्य गरेकोमा हाम्रो घोर आपत्ती रहेको बताउनुहुन्छ हिन्दु जागरण अभियानका केन्द्रिय अध्यक्ष रामकृष्ण उपाध्याय ।
दोषी माथी कडा कारबाहि होस् नत्र हामी सडकमा उत्रिन वाध्य हुनेछौँ उपाध्यायले भन्नु भयो ।
दोषीलाई कारबाहि नगरि सरकार पन्छिएकोमा स्थानिय चिन्तित रहेका छन् ।

No comments:
Post a Comment