World

Tuesday, 24 May 2016

काठमाडौँबाट दुई घण्टामै पोखरा: नेपालकै आकासमा स्याटेलाइट

ktm pokhara

जेठ १२, काठमाडौँ । मैले यसो भन्दा फेरी हावा कुरा गर्यो भन्लान् तर बजेटलाई पर्खनुस् । अब पोखरा जान पाँच घण्टा लाग्दैन ।
राजमार्गको लेन, फराकिलो बनाएर दुई घण्टामै त्यहाँ पुग्ने व्यवस्था मिलाइनेछ । मुग्लिङ–नारायणघाट सडक खण्डमा गण्डकी नदीको वारीपारी नै आउन जान बाटौ बनाइनेछ ।
बीचबीचमा पुल हालिनेछ । यो योजना कतिपयलाई मन नपर्न सक्छ । मन नपरे त्यो बाटो नहिँडे हुन्छ । प्रेस चौतारीको नवनिर्वाचित पदाधिकारीको सम्मानमा आइतबार राति आयोजित भोजका सहभागीलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले आफ्नो योजना यसरी सार्वजानिक गरेका छन् ।
बजेटका नयाँ बान्की प्रस्तुत गर्दै उनले भने, ‘अब आफ्नै आकाशमा नेपालको स्याटेलाइड जडान गरिनेछ, अप्टिकल फाइबर बिछ्याएर इन्टरनेट र फोन सेवालाई सुलभ र सस्तो बनाइनेछ ।

No comments:

Post a Comment