World

Saturday, 11 June 2016

यस्ता छन् आज युरो कपमा भिड्ने ६ टोली



युरोकप अन्तर्गत शनिबार तीन खेल हुँदैछन्। समूह ए का अल्वानिया र स्वीट्जरल्याण्ड तथा समूह बि का दुई खेल आज हुँदैछन्।
अल्वानिया र स्वीट्जरल्याण्ड
नेपाली समय अनुसार साँझ ६: ४५ बजे पहिलो खेलमा समूह ए का अल्वानिया र स्वीट्जरल्याण्डले प्रतिश्पर्धा गर्नेछन्।
अल्वानियाले पहिलो पटक युरोकप खेल्ने क्रममा ८ खेलमा ४ खेल जित्दै अल्वानिया समूह उपविजेता बन्दै पहिलो पटक युरोकपमा पुगेको हो। फिफा बरियतामा उसको स्थान ४२ औं हो।
यसअघि तीन पटक युरोकप खेलिसकेको स्वीजरल्याण्ड अल्वानियाभन्दा मनोबल उच्च पारेर मैदानमा उत्रने छ। फिफा बरियतामा १५ औं स्थानमा रहेको स्वीट्जरल्याण्ड समूह चरणभन्दा अगाडि बढेको छैन।
वेल्स भर्सेस स्लोभाकिया
आजै हुने दोस्रो खेलमा समूह बीका वेल्सले स्लोभाकियाको सामना गर्दैछ। यो खेल नेपाली समय अनुसार राति ९:४५ बजे हुँदैछ। फिफा वरियताको २६ औं स्थानमा रहेको वेल्स पहिलो पपटक युरोकपमा छनोट भएको हो।
फिफा वरियतामा २४ औं स्थानमा रहेको स्लोभाकिया छनोट चरणमा खेलेका १० मध्ये ७ खेल जितेको थियो।
इंग्ल्याण्ड र रसिया
त्यस्तै आजै राति १२:४५ मा इंग्ल्याण्ड र रसियाबिच तेस्रो खेल हुँदैछ। युरोकप छनोट चरणमा एउटा पनि खेल नहारी समूह विजेता बनेको इंग्ल्याण्डले अहिलेसम्म ८ पटक युरोकप खेलिसकेको छ।
८ पटक युरोकप खेले पनि इंग्ल्याण्ड अहिलेसम्म फाइनलमा पुग्न सकेको छैन।
इंग्ल्याण्ड फिफा बरियतामा ११ औं स्थानमा छ। फिफा बरियतामा २९ औं स्थानमा रहेको रसियाले अहिलेसम्म ४ पटक युरोकप खेलेको छ। 

No comments:

Post a Comment