Wednesday, 15 June 2016

on Leave a Comment

एसएलसीको नतिजा कसरी थाहा पाउने ?



असार १, २०७३- अघिल्लो बर्षसम्म एसएलसी नतिजा कुन डिभिजन आयो भन्ने थाहा हुन्थ्यो । यो बर्ष फेल, पास र डिभिजन हुने छैन । विद्यार्थीले मोवाइलबाट एसएमएस गर्दा र वेबसाइटमा आफ्नो सिम्बल नम्बर हाल्दा ग्रेड प्वाइन्ट एभरेज  (स्तरीकृत अंक) थाहा पाउने छन् ।

ग्रेड प्वाइन्ट भन्नाले अक्षरमा गरिएको विद्यार्थीको मूल्याङ्नको स्तरीकरणलाई अङमा प्रस्तुत गरिएको आनुसाङख्यक मानलाई जनाउँछ । त्यस्तै दुई वटा बिषयमा ‘डी’ र ‘ई’ छ भने बिषय खुलाएर सन्देश पठाउने परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले बताए । यो व्यवस्था वेभसाइट मार्फत नतिजा हेर्दा पनि थाहा पाइन्छ ।  यस्तो नतिजा ईकान्तिपुर डट कम लग अन गरेर सहजै थाहा पाउन सकिन्छ । एसएमएसतर्फ नेपाल टेलिकमको १६०० मा आफ्नो सिम्बल नम्बर पठाएपछि आफूले प्राप्त गरेको ग्रेड प्वाइन्ट एभरेज (जीपीए) थाहा पाउन सकिन्छ । एसएमएसका लागि अन्य निजी कम्पनिको नम्बर पनि छन् ।

त्यस्तै शिक्षा मन्त्रालयको एमओई डट जिओभी डट एनपी, शिक्षा विभागको डीओई डट जिओभी डट एनपी, परीक्षा नियन्त्रण कार्यालयको एसओसीई डट जिओभी डट एनपी, नेपाल टेलिकमको एसएलसी डट एनटीसी डट एनइटीबाट पनि नतिजा थाहा पाउन सकिन्छ ।

यस मध्ये नेपाल टेलिकम र परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटबाट कुन बिषयमा कति जीपीए, कुन ग्रेड प्राप्त गर्‍यो भन्ने सम्पूर्ण विवरण थाहा पाउन सकिन्छ । यी वेबसाइटमा सिम्बल नम्बर र जन्ममिति राखेपछि ग्रेडसिटमा उल्लेख हुने सम्पूर्ण विवरण हेर्न सकिन्छ ।




0 comments:

Post a Comment

Powered by Blogger.

Contact Form

Name

Email *

Message *

Find Us On Facebook

Search This Blog

About us

    ?max-results="+numposts5+"&orderby=published&alt=json-in-script&callback=recentarticles1\"><\/script>");

यो लिंक थिच्नुहोस

Kosis

Click

Popular Posts

Video Of Day

Flickr Images

?max-results=10">Technology
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb1\"><\/script>");
?max-results=10">Fashion
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");

World

?max-results=10">Gallery
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");
?max-results=10">Sports
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");