Thursday, 23 June 2016

on Leave a Comment

काठमाडौँका चौध नदीको दायाँबायाँ घर बनाउँदा छाड्नुपर्ने दूरी सार्वजनिक


काठमाडौँ – काठमाडौँ उपत्यका विकास प्राधिकरणले उपत्यकाका १४ नदीको बहाब क्षेत्रको दायाँबायाँ छाड्नुपर्ने जग्गाको दूरी सार्वजनिक गरेको छ ।

RG-Bhaktapur-manohara-river-01JPGवाग्मती, विष्णुमती, हनुमन्ते र मनोहरामा दायाँबायाँ २० मि, धोबीखोलामा धोबीखोला आयोजना लागू भएको क्षेत्रमा आयोजनाले तोकेअनुसार र अन्यत्र नौ मि दूरी कायम गरिएको प्राधिकरणका प्रवक्ता केशवप्रसाद न्यौपानेले जानकारी दिए ।

“नख्खुखोलामा १२ मिटर, बल्खु, कर्मनासा (कोड्कु), साङ्ले र महादेव खोलामा १० मिटर, शोभाभगवतीस्थित विष्णुमती खोलामा मिसिने करखुसी खोलामा छ मिटर, इच्छुमती, सामाखुसी एवम् उपत्यकामा बग्ने अन्य खोलामा चार मिटर दायाँबायाँ कुनै पनि भौतिक संरचना निर्माण नगर्न सार्वजनिक सूचना जारी गरिएको छ, कुनै पनि खोला, खोल्सी र राजकुलो छोप्न पाइने छैन”– उनले भने ।

नदी वा खोलाको दायाँबायाँ भौतिक संरचना निर्माण गर्दा बाढीको जोखिम पनि हुने सम्भावना रहेकाले मानवीय दृष्टिले समेत मापदण्ड लागू गरिएको प्राधिकरणले जनाएको छ । यो मापदण्डले नदी किनारका पर्ती एवम् सार्वजनिक जग्गाको पनि संरक्षण हुनेछ ।

विसं २०२१ मा वाग्मतीको दायाँबायाँ १०० मि छाड्नुपर्ने नियम भएकामा उपत्यकामा बस्ती बढ्दै गई आवासीय क्षेत्र पनि घटेकाले ३० मि हुँदै अहिले २० मिमा झारिएको प्राधिकरणले जनाएको छ ।

0 comments:

Post a Comment

Powered by Blogger.

Contact Form

Name

Email *

Message *

Find Us On Facebook

Search This Blog

About us

    ?max-results="+numposts5+"&orderby=published&alt=json-in-script&callback=recentarticles1\"><\/script>");

यो लिंक थिच्नुहोस

Kosis

Click

Popular Posts

Video Of Day

Flickr Images

?max-results=10">Technology
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb1\"><\/script>");
?max-results=10">Fashion
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");

World

?max-results=10">Gallery
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");
?max-results=10">Sports
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");