About Qatar Airways
Tuesday, 31 May 2016
प्रहरीद्वारा मनिषाको पोष्टमार्टम रिर्पोट सार्वजनिक, रूद्रनारायणले झुट बोलेनन्
जिल्ला प्रहरी कार्यालय नवलपरासीले फुटबलर विमल घर्तिमगरकी बहिनी मनिषाको पोष्टमार्टम रिपोर्ट बुधबार सार्वजनिक गरेको छ।
आज बिहान पत्रकार सम्मेलन गरेर शिक्षण अस्पताल काठमाडौंले पठाएको पोष्टमार्टम रिपोर्ट नवलपरासी प्रहरीले सार्वजनिक गरेको हो। पोष्टमार्टम रिर्पोटमा मनिषाको मृत्यु ह्यांगिङका कारण भएको पत्र आफूहरुलाई प्राप्त भएको प्रहरी निरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।
‘मनिषाको घाँटीमा डोब देखिएको र उनको ह्यांगिङकै कारण मृत्यु भएको हुनसक्ने पोष्टमार्टम रिर्पोटमा उल्लेख छ,’ उनले भने,‘ यस विषयमा थप अनुसन्धान जारी छ।’
त्यस्तै मनिषाको हत्या अभियोगमा पक्राउ परेका उनका प्रेमी आशिष भन्ने रूद्रनारायणको पोलिग्राफबाट कुनै नयाँ कुरा पत्ता नलागेको उनले बताए। ‘पहिला उनले जे भन्दै आएका थिए, पोलिग्राफ टेष्टमा पनि साँचो नै देखियो’, उनले भने।
प्रहरीले रुद्रनारायणसँग मंगलबार बिहान ८ बजेदेखि १ बजेसम्म पोलिग्राफ टेष्ट लिएको थियो। पोखराबाट गएको टोलीले रूद्रनारायणसँग जिल्ला प्रहरी कार्यालयमा नै पोलिग्राफ टेस्ट गरेको थियो।
रूद्रनारायण हाल प्रहरी नियन्त्रणमा छन्।
बिमल घर्तिको दर्दनाक फेसबुक स्टाटस ‘अब मैले देशको लागि लडेर के काम ? …
‘
जेठ १९, काठमाडौँ | फुटबल स्ट्राइकर बिमल घर्ति मगरले आफ्नो बहिनिको हत्या नै भएको दावी गर्दै फेसबुक स्टाटसमा आफ्नो मनको पिडा पोखेका छन् | उनले फेसबुकमा लेखेको स्टाटस यस्तो छ ::
जेठ १९, काठमाडौँ | फुटबल स्ट्राइकर बिमल घर्ति मगरले आफ्नो बहिनिको हत्या नै भएको दावी गर्दै फेसबुक स्टाटसमा आफ्नो मनको पिडा पोखेका छन् | उनले फेसबुकमा लेखेको स्टाटस यस्तो छ ::
यसरी प्रधानमन्त्री बन्दैछन् माधव नेपाल! देउवादेखि भारतीय राजदूतसम्मको षडयन्त्र
काठमाडौं, १८ जेठ । सरकारको नेतृत्व गरिरहेको एमाले र एमाओवादीलगायतका दलहरुको संस्थागत सहकार्य बलियो भएपछि सरकार गिराउन असफल भारत र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत आन्दोलनमा रहेका मधेसी मोर्चाका नेताहरु यतिबेला नयाँ खेलमा लागेका छन् । आन्तरिक विवादबिना सरकार गिर्ने सम्भावना नदेखेपछि भारतसँगै कांग्रेस र मोर्चाले नेकपा एमालेभित्र विवादको विऊ रोपेका छन् । नेता माधवकुमार नेपाललाई नयाँ प्रधानमन्त्रीको सपना देखाएर सरकार गिराउने खेलमा तीनै पक्ष लगोको स्रोतको दाबी छ ।
एकीकृत नेकपा माओवादीबाट पार्टीको एकीकरण गरी नेकपा माओवादी केन्द्र बनाएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले पार्टीको आन्तरिक विवाद मिलाउनका लागि व्यस्त भएपछि उनी सरकारबारे सोच्नका लागि फुर्सद छैनन् । यद्यपि, उनले बजेटपछि माओवादीको नेतृत्वमा सरकार बन्छ भन्न भने छाडेका छैनन् । तर, माओवादीकै नेतृत्वमा सरकार बनेपनि त्यसमा एमालेको सहयोग रहने र यो गठबन्धन नभत्किने देखेपछि भारत, कांग्रेस र मधेसी मोर्चाको संयुक्त योजना एमालेभित्र विवाद निम्त्याउनु बनेको थियो ।
भारतसँग चिसिएको सम्बन्ध सुधार्ने जिम्मा नेपालका लागि भारतीय राजदूत रणजित रायकै भएको भन्दै विदेश मन्त्रालयले उनलाई त्यो जिम्मेबारी दिएपछि आफ्ना सवैभन्दा नजिकका नेताका रुपमा उनले एमालेको फरक खेमाका नेता माधवकुमार नेपालको सहयोगमा यो गठबन्धनमाथि प्रहार गर्न थालेका हुन् । त्यसका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देऊवा र आन्दोलनमा रहेको मधेसी मोर्चाका नेताहरुको पनि सहयोग रहेको थियो । भारतले पनि प्रधानमन्त्रीमा कांग्रेस सभापति देउवलाई नरुचाएपछि देउवा कार्डले माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गरेको थियो ।
तर, प्रचण्डले अन्तिम समयमा आएर चीन कार्डका रुपमा आफुलाई स्थापित गरी एमाले अध्यक्ष ओली सरकार टिकाएका थिए । देखावटी रुपमा ९ बुँदे सहमति गरिएपनि चीनको प्रत्यक्ष आडमा ओलीको सरकार टिकेको थियो । भारतको आन्तरिक राजनीतिको प्रभावका रुपमा ओली सरकार टिकेको हो । भारतीय जनता पार्टीबाट नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि प्रमुख प्रतिपक्षी कांग्रेस आईले भारतको नेपाल नीति कमजोर बनाउन चीन कार्ड प्रयोगमा मद्दत गरिरहेको स्रोतको दाबी छ । तर, विदेश मन्त्रालयमा मोदीले सचिवका रुपमा एस जयशंकरलाई ल्याएपछि भने नेपाल नीतिमा पनि भारतको परिवर्तित प्रणाली लागु गर्ने कोशिशहरु असफल हुन थालेका छन् ।
सुशिल कोइराला नेतृत्वको सरकारका समयमा नै असफल भएको भारतले मधेस आन्दोलनलाई बोकेपछि झनै तिव्र आलोचना खेप्नुपरेको थियो । ओली सरकारलाई त भारतीय नीतिले टसमस पनि बनाउन नसकेपछि सरकार गिराउनका लागि जस्तोसुकै प्रयोजन हुने सम्भावना देखिएको छ । यद्यपि, कुनैपनि हालतमा यो सरकार नगिराए चीनको राजनीतिक पकड नेपालमा बलियो हुने भएपछि एमालेलाई विवादमा उतार्नका लागि माधव नेपालको समूहलाई फरक ढंगले उचाल्ने प्रयत्न गरिएको छ । ‘एमालेभित्र विवादको विऊ रोपिएपछि प्रधानमन्त्रीको पार्टी कमजोर हुने र राजीनामा गरेपछि कांग्रेसलगायतले सत्ताका लागि नयाँ समिकरण बनाउनसक्ने योजना बुनिएको छ’, स्रोतले भन्यो ।
यो अभियानमा देउवा सक्रिय हुँदा बुढानिलकण्ठमा एमाले नेता माधव नेपालमात्र होइन, माओवादीका गोपाल किराँती पुगेका थिए भने उता नारायणकाजी श्रेष्ठ पनि प्रयोग भएका थिए । त्यसकारण उनीहरुले सरकारविरुद्ध बारम्बार अभिव्यक्ति दिँदै आइरहेका छन् । प्रचण्ड कार्ड प्रयोग हुने देखिएपछि कृष्णबहादुर महराले सरकार जोगाउनका लागि चीनको समर्थन बोकेपछि प्रचण्डले सरकार नछाड्ने अडान अघि सारे । ‘एमालेभित्रका निर्विकल्प रुपमा अर्को नेतृत्वकर्ता माधव नेपाल रहेको थाहा पाउँदापाउँदै पनि उनी किन चर्का कुरा गरिरहेका छन् ? उनले छुट्टै कार्यकर्ता प्रशिक्षण गरेर एमालेभित्र विवादको विऊ किन छरे ?’, स्रोतले भन्यो,‘अहिले सरकार गिराएर आफ्नो रणनीति सफल बनाउनका लागि माधव नेपाललाई प्रधानमन्त्रीको ललिपप देखाइएको छ ।’ जसरी पनि एमालेको नेतृत्वमा सरकार बनाउने रणनीतिमा नेपाल लागेको र त्यसमा देउवाले नयाँ खेल सुरु गरेको स्रोतहरुको दाबी छ ।
नेपालको नेतृत्वमा नयाँ सरकार बनाउँदा प्रचण्डले दिएको धोकाको बदलामात्र होइन, आन्दोलनमा रहेका मधेसी दलहरुसँग पनि नयाँ सर्त गरी सत्तामा चढाउने लैनचोरहुँदै बुढानिलकण्ठदेखि कोटेश्वरसम्म तानाबाना बुन्न थालिएको बताइन्छ । एमालेभित्रको विवादले मात्र राण्नीति सफल हुने भएकाले अहिले जिल्लाहरुमा पनि एमाले गुटको तिव्र विवाद सुरु गराउन खोजिएको छ । एमाओवादी हुँदा प्रचण्ड र बाबुराम पक्षको विवादहरु सतहसम्म नै बनाउन सफल शक्तिकेन्द्रले एमालेको पूर्वदेखि पश्चिमसम्मका जिल्लाहरुमा पनि विवाद खडा गराउने कोशिश गरिरहेको छ । जसमा दाङदेखि सतहको विवाद पनि छर्लङ्ग भइसकेको छ । जनप्रहार साप्ताहिकमा खबर छ
कक्षा १२ मा अध्यन गर्ने आन्दाजी १७ ,१८ बर्सिये १ जोडी येसरी जंगलमा मस्त सेक्स गरिराख्दा को भिडियो सामाजिक संझालमा भाइरल हुन पुग्यो (भिडियो)
कक्षा १२ मा अध्यन गर्ने आन्दाजी १७ ,१८ बर्सिये १ जोडी येसरी जंगलमा मस्त सेक्स गरिराख्दा को भिडियो सामाजिक संझालमा भाइरल हुन पुग्यो (भिडियो)
http://goo.gl/6S0UMK
सबै नेताहरुलाई तह लगाउन पूर्वराजाको भयंकर तयारी
Former King Gyanendra Shah
काठमाडौं । दुई साताअघिदेखि झापाको हिमालयन टि–स्टेटमा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्रले आफ्ना तीन निकटस्थ भरतकेशर सिंह, प्रभाकर शमशेर र प्रभुशमशेर राणालाई पनि बोलाएका छन् ।
उनीहरु गएको शुक्रबार नै त्यता पुगेका थिए । पूर्वका केही जिल्लामा धार्मिक भ्रमण गर्न लागेका उनले देशको अवस्थाबारे जानकारी लिन र आफ्नो धारणा साटासाट गर्न तीन जनलाई बोलाएको बुझिएको छ ।
उनले अवको दिनमा कसरी अघि बढ्ने भनेर परामर्श गर्न तीन जनालाई बोलाएको स्रोतले बताएको छ ।
राजतन्त्र व्युँताउन भित्रभित्रै लागिपरेका तीन हस्तीलाई आफ्नो स्वामित्वमा रहेको टि-स्टेटमा बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
पाठकपत्रः स्वयम्भूमा हुने यौनजन्य गतिविधि किन नियन्त्रण गर्दैन सरकार ?
हामी नेपालीहरु धर्ममा हदैसम्म आस्था राख्छौं। हाम्रो रीतिरिवाज नै धर्मबाट प्रभाबित छ। घरमा अनुशासन पनि धर्मकै नाममा सिकाइन्छ। केही खराब काम गरेमा भगवान रिसाउछन्, भगवानले कान काटिदिन्छन् भनेर साना नानिबाबु हरुलार्इ तर्साइन्छ।swayambhunath
हिन्दु धर्म र बुद्ध धर्मलाई हामी लगभग एउटै मान्छौ। बुद्धलार्इ हामी भगवान बिष्णुकै अवतार मान्छौ। पशुपतीनाथ र स्वयम्भूनाथ हाम्रा ठुला धार्मिक धरोहर हुन्। विश्व सम्पदासूचिमा समेत यिनिहरु सुचिकृत भैसकेका छन्। धार्मिक महत्वको अलवा प्राकृतिक रुपमै सुन्दर छन् यी स्थान हरु।
काठमाडौंको उखर्माउलो गर्मी छल्न स्वयम्भू क्षेत्रको सितलताको वर्णन गरि साध्य छैन। प्राकृतिक सुन्दरता त छँदै छ,त्यसैमाथी उपत्यकाको मनोरम दृश्य हेर्न हजारौं स्वदेशी तथा बिदेशी नागिरिक जमघट भैरहन्छन्। पर्यटकिय हिसाबले भन्दा पनि धार्मिक हिसाबले नै स्वयम्भूको महत्त्व छ। त्यस्तो महत्वपुर्ण स्थलमा मैले जे देखेँ त्यस्ले मलाइ एकदम खिन्न बनायो।
हामी पुर्बिय दर्शनका नेपालीहरु यौनलाई सहज रुपमा लिनै सक्दैनौ। पश्चिमा संस्कृती हाम्रो समाजमा अपाच्य प्राय छ। त्यसमाथि धार्मिक स्थलमा देखिने यौनजन्य कृयाकलाप त्यो पनि सार्बजनिक रूपमा, झनै घृणित छ। धार्मिक आस्थाका केन्द्र मानिने स्वयम्भू जस्ता स्थलमा हुने त्यस्ता नकारात्मक गतिविधिहरु खै कसले नियन्त्रण गर्ने ? न त सरकारको नै ध्यान गएको छ, न त महानगरपालिकाको नै। यस्तै गतिविधि कायम रहने हो भने हाम्रा हरेक आस्थाका धरोहरहरुपछि बेश्यालयका रुपम बिकशित नहोलान् भन्न सकिँदैन।
हामी नेपालीहरु पनि बडो अचम्मका छौं। भारतले बुद्ध भारतमा जन्मेका हुन् भन्दा पत्याउँछौ अनि बिरोध गरेझै गर्छौ। तर हाम्रै कारणले त्यो सब भैरहेको छ भन्ने चेतना पाउदैनौं। हामीले हाम्रा धरोहरहरुमा कु कृत्य गर्ने कि संरक्षण गर्ने ? के स्वयम्भूमा डेटिङ जाँदैमा र यौनजन्य काम गर्दैमा माया प्रेम अजब हुने हो र ? मेरो अनुरोध, सार्बजनिक स्थल र धार्मिक क्षेत्रमा त्यस्ता यौनजन्य गतिविधि नहोस् । त्यस्ले हाम्रो स्वाभिमानमा आच आउँछ। बुद्ध माथि अन्याय हुन सक्छ।
देश बनाउने युबाले हो। सरकारको मात्र मुख ताक्नु मुर्खता हो। अनि देश बनाउने युबा नै असामजिक काममा सामेल हुँदा राम्रो सन्देश जाँदैन । बरु, नेपालीको अस्तित्व संकटमा पर्नेछ। यस्ता गतिबिधी नियन्त्रण गर्न सरोकारवाला निकायको ध्यान जाओस्।
Monday, 30 May 2016
प्रधानमन्त्री ओलीले चार दिनपछि राजिनामा दिने !
काठमाडौं । आर्थिक वर्ष २०७३/७४ को बजेट ब्यवस्थापिका संसदमा पेश भए लगत्तै नयाँ सरकार गठनको कोर्ष शुरु भएको छ । तीन साताअघि मात्रै नेपाली कांग्रेससँगको सहमतिमा सरकार गठन गर्ने निर्णय एकै दिनमा उल्ट्याएर नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग नै नौं बुँदे सहमति गरेका थिए । नौं बुँदे सहमतिका साथै प्रधानमन्त्री ओली प्रचण्डबीच अर्को गोप्य तीन बुँदे सहमतिसमेत भएको थियो । उक्त गोप्य सम्झौता पनि संसदमा बजेट पेश भए लगत्तै सार्वजनिक भएको छ । बजेट लगत्तै प्रचण्डलाई नै प्रधानमन्त्री बनाउने सहमति गर्दै एमाले–माओवादी गठबन्धनलाई नतोड्ने दुई पक्षको सहमति भएको थियो । सोही सहमतिअनुसार प्रधानमन्त्री ओलीले अबको चार दिनपछि पदबाट राजिनामा दिनुपर्नेछ । ‘वर्तमान सरकारले आगामी आ.व.७३÷७४ को बजेट सदन समक्ष प्रस्तुत एवम् पारित गरेपछि तत्काल प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा गर्ने, नेकपा एमालेको प्रस्ताव एवम् सहभागितामा एनेकपा (माओवादी)का अध्यक्ष प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन गर्ने’ भनी एमाले र तत्कालिन एमाआवादीबीच सहमति भएको स्रोतको दाबी छ । सोही सहमतिअनुसार नै नवगठित नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू नेतृत्वको सरकार गठनको नयाँ कोर्ष शुरु गरेको स्रोतको दाबी छ । बजेट पारित भएलगत्तै ओलीले राजिनामा गर्ने भएकाले सरकार गठनकै बारेमा छलफल गर्न प्रचण्ड सोमवार विहानै ओली निवास पुगेका थिए । उक्त भेटका क्रममा दुई नेताबीच विहान भएको भेटवार्तामा पछिल्लो राजनीतिक परिस्थिति र बजेटका बारेमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । उनीहरुबीच सरकार परिवर्तन लगायत देशका पछिल्लो राजनीति परिस्थितिबारे छलफल भएको स्रोतको भनाइ छ । बजेटमा तामाकोशी जलविद्युत आयोजनामा जनयुद्धका सहिद परिवारलाई १० लाख बराबरको शेयर दिने विषय नसमेटिएको भन्दै प्रचण्डले असन्तुष्टी ब्यक्त गरेका थिए । एमाले र माओवादीबीच बजेटमा तामाकोशीमा सहिद परिवारलाई १० लाख बराबरको सेयर दिने तथा किसानलाई पेन्सन दिने लगायतको विषय समेट्नेबारेमा सहमति भएको थियो । अब पनि एमालेकै सहभागितामा आफू नेतृत्वको सरकार बनाउने सहमति भएकाले माओवादीले बजेट पारित गर्न सहयोग गर्ने भएको छ । माओवादी संसदीय दलको आइतबार बसेको बैठकले संसदमा बजेटमा नसमेटिएका विषयमा आलोचनात्मक समर्थन जनाउने निर्णय गरिसकेको छ । नयाँ सरकार गठनको पक्षमा एमाले नेता माधव नेपाल पनि उभिएका छन् । सहमतिअनुसार नै अघि बढ्नुपर्ने उल्लेख गर्दै उनले राजनीतिक बेइमानी गर्न नहुने बताएका छन् । केही दिनदेखि ओलीसँग रुष्ट बन्दै गएका नेता नेपालले ओली सरकारलाई लामो समय टिक्नै नदिने रणनीतिमा रहेको स्रोतको दाबी छ । उता, प्रचण्ड नेतृत्वमै सरकार बनाउने सहमति भएको २४ घण्टा नबित्दै प्रचण्डले बेइमानी गरेको प्रमुख विपक्षी दल कांग्रेसको आरोप छ । सरकार गठनमा माओवादीसँग अब कुनै पनि विषयमा छलफल हुनै नसक्ने कांग्रेस नेता डा.शेखर कोइरालाले आफू निकट पत्रकारहरुको भेटमा स्पष्ट गरेका छन् । कांग्रेसले प्रचण्ड नेतृत्वको सरकार गठनको नयाँ कोर्षमा पनि असहयोग गर्ने रणनीति लिएको स्रोतको भनाइ छ ।
Jobs in Qatar Airways & IMPORTANT TIPS
Qatar Airways looks for motivated workers to fill their job vacancies. The company also offers entry-level work in a number of areas.
Qatar Airways
Qatar Airways
Flight Attendant: One of the many job functions of the cabin crew, flight attendants provide exceptional customer service for each passenger during flights. Qualifications may include high school diplomas, backgrounds in hospitality, and fluency in the English language. Flight attendants provide safety instructions before and after flights, food and beverage services, baggage assistance, and other duties as needed. Monthly salary for Flight
Airport Operations: Qatar Airways
Baggage Handler: Duties include sorting, loading, unloading, and transporting baggage. These workers also assist handicapped or other special-needs passengers with any requests. Working in a job requiring 24-hour availability, porterage
Security Officer: Officer always focuses on monitor and authorize entrance and departure of employees, visitors, and other persons to guard against theft and maintain security of premises.
When job seekers apply for entry-level vacancies listed on the Qatar Airways website, recruitment staff typically contact applicants within a week. The airline company may use
सिन्धुली सदरमुकाममा सीसी क्यामेरा जडान हुने
सिन्धुली, १७ जेठ – सदरमुकाम सिन्धुलीमाढी बजारलाई सुरक्षित बनाउन सिन्धुली उद्योग वाणिज्य संघको पहलमा सिसि क्यामेरा जडानको तयारी सुरु गरिएको छ ।
सिन्धुली उद्योग वाणिज्य संघले सोमबार आयोजना गरेको सिसि क्यामेरा जडान सम्बन्धी बैठकमा सरोकारवालाले कमलामाई नगरपालिकाको बजार क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन सीसी क्यामेरा जडानका लागी सिन्धुली उद्योग वाणिज्य संघको संयोजकत्वमा गैर सरकारी संस्था महासंघ, लोकतान्त्रिक गैसस महासंघ, पत्रकार महासंघ, वित्तिय संस्था सम्मीलित पुर्व तयारी तथा आर्थिक ब्यवस्थापन समिति निर्माण गरेको छ ।
बढ्दो शहरीकरणसँगै समाजमा अपराधका घटना बृद्धि हुँदै गएको भन्दै नगरलाई सुरक्षित बनाउँदै शान्ति सुरक्षा कायम राख्नको लागि माढीबजारका झण्डै एकसय वटा सिसी क्यामेरा जडान गर्दा झण्डै ३० लाख खर्च लाग्ने उद्योग वाणिज्य संघ सिन्धुलीले जनाएको छ ।
छलफलको अवसरमा प्रमुख जिल्ला अधिकारी तारा बहादुर कार्कीले अपराध र अपराधी समाजमै हुने भएकाले सिसी क्यामेराको जडानले समाजमा हुने अपराधलाई न्यूनीकरण गर्न मद्दत पुग्ने हुँदा यसलाई तत्कालन सबैपक्ष लागेर जडान गर्नुपर्ने बताए ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक उमासंकर पंजीयारले परम्परागत सुरक्षा प्रणालीको अन्त्य गर्दै सुरक्षामा प्रविधिको प्रयोग गरी प्रमाणमुखी अनुसन्धानलाई अवलम्बन गर्न र अपराध रहित नगरको रुपमा परिचित गराउन सीसी क्यामेरा जडान कार्यले महत्वपूर्ण सहयोग पुर्याउने बताए ।
संघका अध्यक्ष बिनेश कुमार श्रेष्ठले नगरलाई सुरक्षित बनाउनका लागि सिसी क्यामेरा जडान गर्न लाग्ने खर्च जिल्लामा रहेका बैंक तथा बित्तिय संस्था, जिल्ला विकास समिति, कमलामाई नगरपालिका, ब्यवसायी र गैर सरकारी संस्थाहरुसँग संकलन गरिने बताए ।
कमलामाई नगरपालिकाको ढुंग्रेबास बजार देखी बुद्धनगर चोक सम्म साथै बजार क्षेत्र, बसपार्क क्षेत्र र धुराबजार क्षेत्रमा क्यामेरा जडान गरिने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । उक्त क्यामेरा जडान पश्चात कमलामाई नगरको बजार क्षेत्र २४ सै घण्टा सीसी क्यामेराको निगरानीमा रहने भएको छ ।
बजेट सूचना चुहिएको छानबिन हुनुपर्ने कांग्रेस प्रस्ताव ओलीद्वारा अस्वीकार
बजेट 'लिक'भएकोमा कांग्रेसको आपत्ति
सोमबार कांग्रेसको अवरोधले बैठक स्थगित भएपछि संसदबाट बाहिरिदैं सांसदहरु । शालिग्राम तिवारी/कान्तिपुर
जेष्ठ १७, २०७३- संसदमा पेस गर्नु अगावै बजेटको सूचना चुहावट भएकोबारे संसदीय छानवीन हुनुपर्ने प्रमुख विपक्षी कांग्रेसको मागलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका छन् ।
चुहावटको विरोधमा कांग्रेसले सोमबार एकै दिन ४ पटक सदन अवरुद्ध बनाएपछि ओलीले प्रमुख विपक्षी नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका थिए । देउवाले बजेटको सूचना लिक हुनु संसदीय अपमान भन्दै छानवीन गर्न माग गरेका थिए । प्रधानमन्त्री ओलीले भने बजेट हुबहु सार्वजनिक नभएको र करको दर समेत गोप्य रहेकाले यस्ता विषय उठाएर सदन अवरुद्ध नबनाउन आग्रह गरेका थिए ।
ओलीले यसअघि पनि बजेट अघि नै मिडियामा सार्वजनिक हुने गरेको दृष्टान्त राखेका थिए । 'पोहोर पनि एक अनलाइनले हुबहु सार्वजनिक गरेको थियो । त्यसअघि पनि दैनिक पत्रिकामै आएको थियो', व्यवस्थापिका-संसदस्थित आफ्नै कक्षमा प्रधानमन्त्री ओलीले भनेका थिए-'यसपटक त्यस्तो गम्भीर असर हुने खालको केही चुहावट भएको छैन ।'
देउवाले भने गत शनिवार बजेट अर्थ मन्त्री विष्णु पौडेलले संसदमा पेस गर्नु अघि नै मिडियामा आएको भन्दै त्यसमा आफ्नो पार्टीको गम्भीर असहमति रहेको बताएका थिए ।
'ओली, देउवासहितका नेताबीच करिब आधा घण्टा छलफल भयो । तर, केही सहमति बनेन', सहभागी स्रोतले कान्तिपुरलाई बतायो । देउवाले उक्त घट्नाको छानवीन नभएसम्म सदन चल्न नसक्ने चेतावनी समेत दिएका थिए । ओलीले भने मिडियामा आएको मात्र विषयलाई लिएर सदन अवरुद्ध गर्दा हरेक वर्ष समस्या दोहोरिरहने भन्दै देउवाको प्रस्तावलाई अस्वीकार गरेका थिए ।
'मिडियाले आफ्नै स्रोतले थाहा पाएर बजेटका केही कुरा बाहिर ल्याउलान् । त्यसमै टेकेर विरोध गर्न थालियो भने कुन अर्थ मन्त्रीले बजेट ल्याउन सक्लान ?' ओलीले प्रश्न गरेका थिए ।
कांग्रेसका सांसदहरुले लगातार सदन अवरुद्ध गरेपछि नयाँ बानेश्वस्थित संसद भवनमै ओलीले देउवालाई भेटेका थिए ।
सोमबार विहान ११ बजे बोलाइएको बजेटबारे छलफलको सुरुमै कांग्रेसका सांसदहरु उठेर विरोध जनाएपछि सभामुख ओनसरी घर्तीले पूर्व अर्थ मन्त्री समेत रहेका नेता रामशरण महतलाई बोल्न समय दिएकी थिइन । महतले संसदमा बजेट आउनुपूर्व सरकारले लिक गरी संसदको मानहानी गरेकाले छानवीन हुनुपर्ने बताएका थिए । 'यो संसदको अवमूल्यन हो । यसको छानवीन नभएसम्म संसदको कारवाही अघि नबढाइयोस्', उनको भनाई थियो ।
त्यसपछि सभामुख घर्तीले ३० मिनेटका लागि बैठक स्थगित गरेकी थिइन् । उक्त समयपछि बसेको बैठकमा पनि कांग्रेसका सांसदहरुले उठेरले विरोध जनाए । त्यसपछि बोल्दै कांग्रेस नेता एवं सांसद रमेश लेखकले सरकारले गम्भीर अपराध गरेको भन्दै संसदीय छानवीन गर्न माग गरे । यसअघि पनि बजेट पहिले नै सार्वजनिक हुदा विरोध भई छानवीन भएको दृष्टान्त लेखकले राखेका थिए ।
उक्त छानवीन समितिले बुझाएको प्रतिवेदनले दिएका सुझावलाई सरकारले उल्लंघन गरेकोमा उनको आपत्ति थियो । 'बजेट पहिले नै लिक भई विभिन्न व्यापारीकहाँ पुगेको छ । त्यसको असर शेयर बजारमै समेत पुगेको छ', उनको भनाई सँगै सांसदहरुले विरोध यथावत राखेपछि बैठक साँढे १ बजेसम्मलाई दोस्रोपल्ट स्थगित गरिएको थियो ।
त्यसपछि बसेको तेस्रो बैठकमा पनि कांग्रेस सांसदहरु उभिएर विरोध गरेपछि पूर्व अर्थ मन्त्री महेश आचार्यलाई बोल्न दिइएको थियो । उनले संसदको विशेषाधिकार उल्लंघन हुने गरी सूचनाहरु लिक भएकाले छानवीन नगरी बैठकको प्रक्रिया अघि बढाउन नहुने बताएका थिए । सभामुख घर्तीले 'बसौं माननीय ज्यूहरु' भन्दै आग्रह गरेकी थिइन । विरोध जारी रहेपछि बैठक दिउसो ३ बजे पुन बस्ने गरी स्थगित भएको थियो ।
चौथो पटक बसेको बैठकमा पनि अवरोध कायमै रह्यो । कांग्रेसकी संसदीय दलकी सचेतक इश्वरी न्यौपानेले बजेट पहिले सार्वजनिक गर्दा अर्थतन्त्रमा गम्भीर असर परेको भन्दै त्यसबारे छानवीन हुनुपर्ने अडान दोहोर्याएकी थिइन । सभामुखले पुन ः बस्न आग्रह गर्दा पनि विरोध जारी रहेपछि बैठक मंगलवार ११ बजेसम्मका लागि स्थगित भएको थियो ।
Sunday, 29 May 2016
टोपबहादुर रायमाझीले भने, ‘हेप्नुको पनि हद हुन्छ, प्रचण्डलाई देखाइदिन्छु’ जेठ १७
top bahadur rayamajhiकाठमाडौं–२०७३ जेठ ६ गते भएको एकताले पूर्णता नपाउँदै माओवादी केन्द्रमा भाँडभैलो सुरु भएको खबर छ । पद बाँडफाँड तत्काल नमिलाउने हो भने भित्रभित्र भुसको आगो झैं सल्किएको असनतुष्टि बिस्फोट हुनसक्छ ।
बाबुराम भट्टराईबाट विद्रोह गरेर प्रचण्ड क्याम्पमा बसेका युवा नेता टोपबहादुर रायमाझी ‘हेप्नुको पनि हद हुन्छ, प्रचण्डलाई देखाइदिन्छु’ भन्दै असनतुष्टि पोख्दै हिँडेको खबर छ ।
सन्तुलन मिलाउने नाममा नारायणकाजी श्रेष्ठलाई बढी भाउ दिँदा बाबुराम बिच्किए, अहिले कुँडाकर्कटलाई लिएर कार्यालय बनाउँदा एउटा प्रवृति समेट्नु पर्दैन ? रायमाझीको असन्तुष्टि रहेको बताइन्छ ।
रायमाझीले आफूलाई पार्टीभित्रको बाबुराम प्रवृतिको नेतृत्व गरिरहेका छन् । रायमाझीमा केन्द्रीत हुन तार्किक नेता राम कार्की अझै सहमत भएका छैनन् । कार्कीसँग बाबुराम पक्षका अधिकांश नेताहरु रायमाझीसँगै छन् । आजको साँघु साप्ताहिकमा खबर छ ।
किन आयो दिल्लीको विशेष टोली काठमाडौं ?
जेठ १७
काठमाडौं–कांग्रेस र मधेसवादी दलहरुलाई प्रयोग गरेर ओली सरकार गिराउने दाउ तुहिएपछि तिल्मिलाएको भारत यो कार्ड उपयोगहिन भएसँगै के सोच्दै होला ?
नेपालमा अनेक दाउपेच रचेर अस्थिरता निम्त्याउँदै आएको भारत के अब चाहिँ थोककै हो त ? नेपाल मामलामा भारतको आगामी कदमबारे अनेक आशंका र प्रश्नहरु उब्जिरहेको बेला नयाँदिल्लीले गुप्त रुपमा काठमाडौंमा विशेषदूत पठाएर राजनीतिक चलखेल सुरु गरेको दावी स्रोतले गरेको छ ।
स्रोतका अनुसार, भारतको विगतको दबदबा चिर्न चिनियाँ पक्ष नेपालको हरेक मामलामा हावी हुन थालेपछि झस्किएको भारतले जसरी भएपनि ओली सरकार गिराउनु पर्ने निष्कर्श निकाल्दै केही विशेष दूतहरुलाई यसको जिम्मा दिएर नेपाल पठाएको चर्चा एकथरीले गरेका छन् ।
‘अर्कोथरी स्रोत भन्छ– पूर्वराजा ज्ञानेन्द्र शाहको नयाँदिल्ली दौड र राजतन्त्र पुर्नस्थापनाको खेल सुरु भएको राजनीतिक हल्ला चलेपछि दलहरुलाई सचेत गराउँदै राजतन्त्र पुर्नस्थापनाको खेललाई तुहाउने विशेष मिसन बोकेर आलोक जोशीको विशेष टिम काठमाडौं आउको बताउँछन् ।’ आजको साँघु साप्ताहिकमा खबर छ ।
दिल्लीलाई पाँच मिनेटमै आणविक बमले उडाइदिन सकिने खुलासा ! सरकारले अनुमति नदिएका कारण यसरि रोकियो
इस्लामावाद, जेठ १६ । भारत र पाकिस्तानबीच परमाणु हतियार विकसित गर्ने होड चलिरहेको समयमा एक पाकिस्तानी वैज्ञानिकको अभिव्यक्तिले भारत झस्किएको छ ।
पाकिस्तानी परमाणु वैज्ञानिक डा. अब्दुल कादिर खानका अनुसार पाकिस्तानले सन् १९८४ मै परमाणु परीक्षणको सामथ्र्य राखिसकेको थियो, जसले केवल पाँच मिनेटमा भारतको राजधानी दिल्लीलाई ध्वस्त बनाउन सक्थ्यो । तर तत्कालिन सरकारले अनुमति नदिएका कारण उक्त परीक्षण स्थगित भएको उनले बताए ।
पाकिस्तान परमाणु शक्ति बनेको अवसरमा आयोजित एक सभालाई सम्बोधन गर्दै डा. खानले शनिबार साँझ भने, ‘रावलपिन्डीको कहुटा न्यूक्लियर सेन्टरबाट भारतको राजधानी दिल्लीलाई पाँच मिनेटमै निशाना बनाउन सकिने परमाणु शक्तिको परीक्षण त्यतिबेला पाकिस्तान सरकारको आग्रहमा रोकिएको हो ।’
उनले भने, ‘तत्कालिन राष्ट्रपति जनरल जिया उल हकले उक्त कार्यक्रम स्थगित गर्न आदेश दिए, पाकिस्तानले त्यस्तो परीक्षण गरेमा पाकिस्तानलाई दिइने विदेशी सहयोग रकम बन्द हुने भन्दै उनले यसको अनुमति दिएनन् ।’
डा. खानका अनुसार जनरल जियाको त्यो भनाईमा सत्यता पनि थियो । उनले भने, ‘त्यतिबेला सोभियत सेना अफगानिस्तानमा युद्ध गरिरहेको थियो र पाकिस्तानलाई अमेरिकी मद्दतका माध्यममा निकै ठूलो रकम प्राप्त भइरहेको थियो ।’
उनले पाकिस्तान परमाणु शक्ति सम्पन्न राष्ट्र हुनुमा आफ्नो महत्वपूर्ण भूमिका रहेको पनि प्रष्ट पारे ।
उल्लेखनीय छ, खानलाई पाकिस्तानको परमाणु कार्यक्रमको जनक मानिन्छ । तर सन् २००४ मा पाकिस्तान सरकारले उनलाई नजरबन्दमा राखेको थियो । उनले उत्तर कोरिया, इरान र लिबियालाई न्यूक्लियर टेक्नोलोजी बेचेको आरोप लागेको थियो ।
खानलाई सन् २००९ मा पाकिस्तान सरकारले रिहा गरेको हो । इमेज खबरमा समाचार छ |
Saturday, 28 May 2016
सन्दीपले जिताए कावलुनलाई
अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कसँग सन्दीप लामिछाने ।
जेष्ठ १६, २०७३- नेपालका सनसनी युवा लेगस्पिनर सन्दीप लामिछानेले हङकङको घरेलु क्रिकेटमा सानदार ‘डेब्यु’ गरेका छन् । हङकङमा पहिलो पटक भएको हङकङ ब्लिज ट्वान्टी–२० प्रतियोगितामा शनिबार विश्वकप विजयी कप्तान माइकल क्लार्कसँगै खेल्दै १६ वर्षे सन्दीपले २ विकेट लिंदै कावलुन क्यानटोनलाई जिताए ।
कावलुनले आफ्नो पहिलो खेलमा हुङ होम जेडी जगुवारलाई डकवर्थ लुइस पद्धतिमा २ रनले पराजित गर्यो । टस जितेको कावलुनले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ६२ रन बनायो । वर्षाका कारण हुङ होमलाई १२.२ ओभरमा १ सय १ रनको नयाँ लक्ष्य दिइयो । तर टिमले ५ विकेट गुमाई ९८ रनमात्र बनाउन सक्यो ।
अस्ट्रेलियाका पूर्वकप्तान क्लार्कले अन्तिम ३ बलमा ६ रनमात्र दिएर कावलुनको उद्धार गरे । सन्दीपले कावलुनबाट सबैभन्दा बढी ३ ओभर बलिङ गरे । उनले २७ रन खर्चेर २ विकेट लिए । सन्दीपले हुङ होमका कप्तान किन्चित शाहलाई १५ र क्रिस्टोफर कार्टरलाई आउट गरे । कार्टरले टिमबाट सर्वाधिक ४० रन बनाए ।
आइल्यान्ड वारियर्ससँग कावलुनको खेल वर्षाले रद्द बनायो । कावलुनले ५ ओभरमा ४९ रन बनाएको अवस्थामा खेल रद्द हुन पुगेको थियो । कावलुनले आइतबार ग्यालेक्सी राइडर्ससँग खेल्नेछ । जित हात पारेमा त्यही दिन हुने फाइनल खेल्नेछ ।
‘निकै राम्रो भयो मेरो खेल, अनौठो अनुभव भइरहेको छ । माइकल क्लार्कसँगै खेल्दा हौसला पनि बढेको छ । सबैले मलाई हेरचाह पनि गरे,’ सन्दीपले हङकङबाट कान्तिपुरसँग भने । वर्षाले प्रभावित भए पनि कन्डिसन राम्रो रहेको र त्यसमा आफूले आत्मविश्वासी बलिङ गरेको जनाए ।
‘सुरुमै विकेट पाउँदा मलाई सजिलो पनि भयो,’ सन्दीपले भने । उनी आठौं ओभरमा बलिङमा आएका थिए र उनले पहिलो ओभरकै अन्तिम बलमा शाहलाई आउट गरे । उनले त्यो ओभरमा ४ रनमात्र दिएका थिए । तर दोस्रो ओभरमा सन्दीपले १६ रन खर्चेका थिए । तेस्रो ओभरमा फेरि विकेट लिई उनले राम्रो प्रदर्शन देखाए ।
अस्ट्रेलियाका पूर्वस्पिन जादूगर शेन वार्नका प्रशंसक हुन् सन्दीप । उनको बलिङ शैली पनि केही वार्नसँग मिल्दोजुल्दो छ । सन्दीपले भने, ‘क्लार्कले मलाई वार्नले प्रशिक्षणमा र म्याचमा के गर्थे त्यो पनि बताए ।

जेष्ठ १५, २०७३- सरकारले लामो समयदेखि चासोको रुपमा हेरिएको स्वास्थ्य बिमा योजनालाई बजेटमा प्राथमिकता दिएको छ । आगामी ३ वर्ष भित्र सबै नेपालीको स्वास्थ्य बिमा गर्ने लक्ष्य राखिएको छ । चालु आर्थिक वर्षमा ३ जिल्लामा नमुनाको रुपमा सञ्चालित कार्यक्रमलाई राष्ट्रिय स्वरुपमा दिई सरकारले २५ जिल्लामा विस्तार गर्ने भएको छ । त्यसका लागि २ अर्ब ५० करोड रुपैंया विनियोजन गरेको छ ।
बिमाले प्राथमिक स्वास्थ्य केन्द्रदेखि केन्द्रीय अस्पतालसम्म उपचार समेटनेछ । स्वास्थ्य बिमा कार्यक्रम लागू भएको जिल्लामा लाभग्राही परिवारले निश्चित रकम पि्रमियमबापत हरेक वर्ष सरकारलाई बुझाउनुपर्छ । त्यसबापत सदस्य बनेपछि उनीहरूको उपचारको निश्चित खर्च सरकारले बिमा बापत बेहोर्नेछ । सरकारले बीमीतबाट संकलन हुने रकम स्वास्थ्यको कोषमा संकलन गर्छ ।सरकारले चालु आर्थिक वर्षमा ५० करोड रुपैंया बजेट पनि छुट्याएको थियो । बीमितहरूको उपचार बापत स्वास्थ्य मन्त्रालयले उपचार र औषधीखर्चका आधारमा सरकारी र नीजि अस्पताललाई भुक्तानी दिनेछ । सरकारी स्वास्थ्य निकायबाट हुने सेवाको गुणस्तर सुधार भएमा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी हुने र यसबाट विपन्न वर्गले लाभ लिनसक्ने देखिन्छ ।
स्वास्थ्य चौकीमा पर्याप्त औषधी, स्वास्थ्यकर्मी भए बिमा योजना प्रभावकारी हुने भएपनि सरकारले त्यसतर्फ भने बजेटमा नयाा योजना घोषणा गरेको छैन । बेड, आईसीयू लगायतका सुविधा नभए बिमाको सुविधाले नसमेटने भएकाले सामान्य सुविधामात्रै पुगेका स्वास्थ्य निकायबाट बिमाले लक्षित गरेका सुविधाहरू विरामीले नपाउने जोखिम रहन्छ ।
अन्य योजनाहरू
सरकारले स्वास्थ्य बिमाका साथै विशेषज्ञ सेवाको क्षमता विस्तार र सुदृढिकरणका योजनाहरू अघि सारेको छ । बीर अस्पताललाई सुविधासम्पन्न र विशेषज्ञ सेवायुक्त बनाउन सरकारले ५ सय रोपनी जग्गा व्यवस्था गरेर गुरुयोजना निर्माण गर्ने भएको छ । क्यान्सर उपचारलाई भरतपुर, भक्तपुरका साथै धरान र नेपालगञ्जमा पनि विस्तार गर्ने भएको छ । भक्तपुरको सल्लाघारीमा मृगौला उपचार केन्द्र र प्रयोगशाला निर्माण गर्ने घोषणा गरेको छ ।
महिला तथा प्रसुती सेवालाई ७५ जिल्लामा विस्तार गर्ने भएको छ । हाल यो सेवा ६७ जिल्लामा सञ्चालित छ । विपन्न वर्गका लागि मुटु, कलेजो, क्यान्सर र मृगौला उपचार निशुल्क गर्ने भएको छ । त्यसैगरी ७ लाख बालबालिकाका लागि ११ प्रकारका खोप निशुल्क दिने भएको छ ।
सरकारले स्वास्थ्य बिमाका साथै विशेषज्ञ सेवाको क्षमता विस्तार र सुदृढिकरणका योजनाहरू अघि सारेको छ । बीर अस्पताललाई सुविधासम्पन्न र विशेषज्ञ सेवायुक्त बनाउन सरकारले ५ सय रोपनी जग्गा व्यवस्था गरेर गुरुयोजना निर्माण गर्ने भएको छ । क्यान्सर उपचारलाई भरतपुर, भक्तपुरका साथै धरान र नेपालगञ्जमा पनि विस्तार गर्ने भएको छ । भक्तपुरको सल्लाघारीमा मृगौला उपचार केन्द्र र प्रयोगशाला निर्माण गर्ने घोषणा गरेको छ ।
महिला तथा प्रसुती सेवालाई ७५ जिल्लामा विस्तार गर्ने भएको छ । हाल यो सेवा ६७ जिल्लामा सञ्चालित छ । विपन्न वर्गका लागि मुटु, कलेजो, क्यान्सर र मृगौला उपचार निशुल्क गर्ने भएको छ । त्यसैगरी ७ लाख बालबालिकाका लागि ११ प्रकारका खोप निशुल्क दिने भएको छ ।
सरकारले महिला स्वयंसेविकाको भत्ता बढाएर मासिक १५ सय रुपैंया पुर्याएको छ । हरेक गााउबाट प्रवेश परिक्षा उत्तिर्ण विद्यार्थीलाई एमबीबीएस पढाई ५ वर्ष गााउमै पठाउने योजना अघि सारेको छ । निकै चुनौतीपूर्ण खालको यो योजना कार्यान्वयन हुन सके ग्रामिण तहमा दक्ष चिकित्सकहरूको सेवा पुग्नेछ । सरकारले एमडी/एमएस कार्यक्रमबाट उत्तिर्ण विशेषज्ञ चिकित्सकलाई राजधानी बाहिर पनि सेवा विस्तारका क्रममा खटाउन ४५ करोड लाख रुपैंया विनियोजनको घोषणा गरेको छ । कैलालीको गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान गठनका लागि ४८ लाख परिचालन गर्ने भएको छ ।
पियनको तलव २३ हजार ८ सय ! हाकिमको कति भयो ? (हेर्नुहोस् सूची )
सांसद, मन्त्री र राष्ट्रपतिको पनि तलब बढ्यो
यसरी बढेको तलबमा कर्मचारीले पाउँदै आएको महंगी भत्ता र ग्रेड थप हुने व्यवस्थालाई यथावत राखिएको छ ।१५ जेठ, काठमाडौं । सरकारी कर्मचारीको तलब वृद्धिसँगै अब कार्यालय सहयोगी (पियन) को तलब २३ हजार ८ सय १७ रुपैँया पुगेको छ । हरेक सरकारी कर्मचारीको आधारभूत तलबमा अब २५ प्रतिशतले बृद्धि भएको छ ।
तलब वृद्धिपछि ग्रेडका कारण कार्यालय सहयोगीले पाउने २३ हजार ८ सय १७ रुपैँया खरदार र सुब्बाको भन्दा बढी हुन आउँछ । नयाँ बजेट घोषणापछि मुखिया तहको तलब १८ हजार ३ सय ३७, खरदार तहको तलब २२ हजार १ सय ६२ र सुब्बाको तलब २३ हजार ५ सय पुगेको छ ।
खरदार र सुब्बाको भन्दा पाँचौ तहको कार्यालय सहयोगीको तलब बढी देखिएको हो । कार्यालय सहयोगीको पाँच तह हुने र उनीहरुको ग्रेड र भत्ता थपिँदा सुब्बाको भन्दा बढी तलब हुन पुगेको हो ।
महंगी भत्ता र ग्रेड सहित एक तहको कार्यालय सहयोगीको न्यूनतम तलब १६ हजार ८ सय ६५ रुपैँया पुगेको छ भने पाँचौ तहको कार्यालय सहयोगीको तलब २३ हजार ८ सय १७ रुपैँया पुगेको छ ।
बहिदारको तलब ३ हजार ४ सय ४५ रुपैँया बढेर १७ हजार २ सय २५ पुगेको छ ।
हाकिमको तलब कति ?
नयाँ बजेट घोषणासँगै अब मुख्यसचिवको तलब ५४ हजार ५ सय पुगेको छ भने सचिवको तलब ५१ हजार ४ सय १२ रुपैँया पुगेको छ । सहसचिवको तलव ४० हजार १ सय ३७ पुगेको छ ।
यस्तै उपसचिवको तलब ३४ हजार २ सय १२ पुगेको छ भने शाखा अधिकृतको तलब २४ हजार ४ बाट बढेर ३० हजार ५ सय पुगेको छ ।
राष्ट्रपति, मन्त्री र सांसदको पनि तलब वृद्धि
सरकारी तलब भत्ता खाने राष्ट्रसेवक कर्मचारीको तलबसँगै सांसद, मन्त्री र राष्ट्रपतिको पनि तलब वृद्धि भएको छ । अहिले सांसदको तलब ४६ हजार रहेकामा अब ५७ हजार ५ सय पुगेको छ । यस्तै मन्त्रीको तलब ४७ हजारबाट बृद्धि भएर ५८ हजार ७ सय ५० पुगेको छ ।
सांसदहरुको तलव सँगै घरभाडावापत पाउने सुविधासमेत वृद्धि भएको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीशको तलबसमेत २५ प्रतिशतले बृद्धि भएको छ ।
सांसदहरुको तलव सँगै घरभाडावापत पाउने सुविधासमेत वृद्धि भएको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीशको तलबसमेत २५ प्रतिशतले बृद्धि भएको छ ।
यसअघि राष्ट्रपतिले १ लाख २० हजार ३ सय ६० रुपैयाँ तलब बुझ्ने गरेकोमा अब १ लाख ५० हजार ४ सय ५० पुगेको छ । उपराष्ट्रपतिको तलब १ लाख ८ हजार २५ रुपैँया पुगेको छ । यसअघि उनको तलब ८६ हजार ४ सय २० थियो । प्रधानमन्त्रीको तलब यसअघि ६१ हजार ८ सय २० रहेकामा अब ७७ हजार २ सय ७५ पुगेको छ ।
सभामुखको तलब ५३ हजार ८ सय ५० बाट अब ६७ हजार ३ सय १२ रुपैँया पुगेको छ । र, प्रधानन्यायाधीशको तलब ५८ हजार ९ सय ४० रहेकोमा बृद्धि भएर ७३ हजार ६ सय ७५ पुगेको छ ।
यो पनि पढ्नुस्
२०७३/०७४ को बजेटमा मुख्य आकर्षणहरू
व्यवस्थापिका–संसद्मा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आव २०७३/०७४ को राजस्व र व्ययको वार्षिक अनुमानमा संविधानको कार्यान्वयन, पुनःनिर्माण, अर्थतन्त्रको पुनरुत्थान, गरिबी घटाउने र गुणस्तरीय सामाजिक सेवा विस्तारको लक्ष्य लिइएको छ ।
रेल सेवा, विभिन्न सुरुङ मार्गको अध्ययन र आत्मनिर्भर अर्थतन्त्रका कार्यक्रम समेटिएको बजेटले जमिन बाँझो राख्न नपाइने पनि घोषणा गरेको छ ।
एक प्रदेशः एक प्राणी उद्यान
सरकारले प्रत्येक प्रदेशमा प्राणी उद्यान स्थापना गर्न एक प्रदेश एक प्राणी उद्यानको नीति लिएको छ ।
प्रत्येक प्रदेशमा प्राणी उद्यान स्थापना गरी पर्यापर्यटनको विकास गरिने नीति लिएको बजेटमा उल्लेख छ ।
भक्तपुरमा निर्माण भइरहेको राष्ट्रिय प्राणी उद्यान निर्माणको कार्यलाई अघि बढाउन थप बजेटको व्यवस्था गरिएको छ । सरकारले वन्यजन्तु संरक्षणका लागि शून्य सहनशीलताको नीति लिएको बजेटमा उल्लेख छ । निजी वन विकासका लागि थप ११ जिल्लामा सो कार्य अघि बढाइने बजेटमा उल्लेख छ ।
रारालाई पर्या पर्यावरण क्षेत्रका रुपमा विकसित गरिनेछ । तराई मधेसका २२ जिल्लामा समृद्ध तराई विशेष कार्यक्रम लागू गरिने बजेटमा उल्लेख छ । यस्तै, ३९ स्थानमा नापी कार्यालयलाई अनलाइनका आधारमा सञ्चालन गरिने बजेटमा उल्लेख छ ।
एक प्रदेशः एक प्राणी उद्यान
सरकारले प्रत्येक प्रदेशमा प्राणी उद्यान स्थापना गर्न एक प्रदेश एक प्राणी उद्यानको नीति लिएको छ ।
प्रत्येक प्रदेशमा प्राणी उद्यान स्थापना गरी पर्यापर्यटनको विकास गरिने नीति लिएको बजेटमा उल्लेख छ ।
भक्तपुरमा निर्माण भइरहेको राष्ट्रिय प्राणी उद्यान निर्माणको कार्यलाई अघि बढाउन थप बजेटको व्यवस्था गरिएको छ । सरकारले वन्यजन्तु संरक्षणका लागि शून्य सहनशीलताको नीति लिएको बजेटमा उल्लेख छ । निजी वन विकासका लागि थप ११ जिल्लामा सो कार्य अघि बढाइने बजेटमा उल्लेख छ ।
रारालाई पर्या पर्यावरण क्षेत्रका रुपमा विकसित गरिनेछ । तराई मधेसका २२ जिल्लामा समृद्ध तराई विशेष कार्यक्रम लागू गरिने बजेटमा उल्लेख छ । यस्तै, ३९ स्थानमा नापी कार्यालयलाई अनलाइनका आधारमा सञ्चालन गरिने बजेटमा उल्लेख छ ।
खेतीयोग्य जमिन बाँझो राख्नेलाई कानुन बनाई कारबाही गरिने
खेतीयोग्य जमिन बाँझो राख्नेलाई कानुन बनाई कारबाही गरिने भएको छ । यसअघि उर्वर जमिनलाई बाँझो राख्न नपाइने नेपालमा कुनै कानुन बनेको थिएन ।
कानुन बनेपछि खेतीयोग्य जमिन बाँझो राखी सहर र विदेश पलायन हुने तथा जमिनलाई घडेरीकरणमा रुपान्तरण गर्ने कार्यमा रोकावट हुने विश्वास गरिएको छ ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७३/७४को बजेट संसद्मा पेस गर्दै जमिन बाँझो राख्नेलाई उत्पादनको २५ प्रतिशत जरिवाना लाग्ने जानकारी दिए।
नेपालको कृषि गणना २०६८ लाई आधार मानेर हेर्दा १० वर्षपछि एक लाख २९ हजार हेक्टर जमिन बाँझै छ । तीस लाख ९० हजार हेक्टर जमिनमा मात्र खेती भएको छ । नेपालको कुल क्षेत्रफल एक लाख ४७ हजार १८१ वर्ग किमी छ । जबकि १० हजार वर्ग मिटर बराबर एक हेक्टर मानिन्छ ।
छैठौँ कृषि गणना २०६८ ले एक लाख १६ हजार व्यक्तिले आफ्नै जमिन नभएका कारण कृषि पेसा गर्न नपाएको, ४२ प्रतिशत कृषकले आफू व्यावसायिक कृषि गर्न आफूलाई ऋण उपलब्ध नभएको र कृषिबाटै रोजगार गर्न चाहनेका लागि राज्यले सहज लगानीको वातावरण मिलाउन नसकेको समेत गणनामा उल्लेख छ ।
सीमित व्यक्तिका हातमा प्रचुर जमिन हुनु, जग्गाको खण्डीकरण, घडेरीकरणले प्रश्रय पाउनुले कृषिको आयात बढिरहेको छ । यस वर्ष तरकारी फलपूmल, मासुजन्य वस्तु गरी कुल ४५ अर्बको र चामल, गहुँ, तेल, दाललगायत गरी रु ५५ अर्बको आयात गरेको बल्खु तरकारी बजारले जनाएको छ ।
राज्यले वार्षिक एक खर्बको तरकारी र खाद्यान्न भारतबाट आयात गर्ने गरेको भए पनि मुलुकमा नै कृषि क्षेत्रको उत्पादनमा आधुनिकीकरण र व्यवसायीकरण गर्ने हो भने भारतसँगको व्यापार घाटा करिब ३८ प्रतिशतले कम गर्न सकिने कृषि विकास मन्त्रालयको दाबी छ ।
दश वर्षमा अन्नबालीमा नौ, धान र गहुँ छ, मकैमा १२ कोदो १९, जौ ३५, फापर ४०, कोसे दाल २१ र तोरी बालीमा १३ प्रतिशतले उत्पादन घटेको छ ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७३/७४को बजेट संसद्मा पेस गर्दै जमिन बाँझो राख्नेलाई उत्पादनको २५ प्रतिशत जरिवाना लाग्ने जानकारी दिए।
नेपालको कृषि गणना २०६८ लाई आधार मानेर हेर्दा १० वर्षपछि एक लाख २९ हजार हेक्टर जमिन बाँझै छ । तीस लाख ९० हजार हेक्टर जमिनमा मात्र खेती भएको छ । नेपालको कुल क्षेत्रफल एक लाख ४७ हजार १८१ वर्ग किमी छ । जबकि १० हजार वर्ग मिटर बराबर एक हेक्टर मानिन्छ ।
छैठौँ कृषि गणना २०६८ ले एक लाख १६ हजार व्यक्तिले आफ्नै जमिन नभएका कारण कृषि पेसा गर्न नपाएको, ४२ प्रतिशत कृषकले आफू व्यावसायिक कृषि गर्न आफूलाई ऋण उपलब्ध नभएको र कृषिबाटै रोजगार गर्न चाहनेका लागि राज्यले सहज लगानीको वातावरण मिलाउन नसकेको समेत गणनामा उल्लेख छ ।
सीमित व्यक्तिका हातमा प्रचुर जमिन हुनु, जग्गाको खण्डीकरण, घडेरीकरणले प्रश्रय पाउनुले कृषिको आयात बढिरहेको छ । यस वर्ष तरकारी फलपूmल, मासुजन्य वस्तु गरी कुल ४५ अर्बको र चामल, गहुँ, तेल, दाललगायत गरी रु ५५ अर्बको आयात गरेको बल्खु तरकारी बजारले जनाएको छ ।
राज्यले वार्षिक एक खर्बको तरकारी र खाद्यान्न भारतबाट आयात गर्ने गरेको भए पनि मुलुकमा नै कृषि क्षेत्रको उत्पादनमा आधुनिकीकरण र व्यवसायीकरण गर्ने हो भने भारतसँगको व्यापार घाटा करिब ३८ प्रतिशतले कम गर्न सकिने कृषि विकास मन्त्रालयको दाबी छ ।
दश वर्षमा अन्नबालीमा नौ, धान र गहुँ छ, मकैमा १२ कोदो १९, जौ ३५, फापर ४०, कोसे दाल २१ र तोरी बालीमा १३ प्रतिशतले उत्पादन घटेको छ ।
किसान आयोग गठन गरिने
सरकारले किसानको सामाजिक सुरक्षाका लागि किसान आयोग गठन गर्ने भएको छ । व्यवस्थापिका–संसद्मा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०७३÷०७४ को राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै किसानको सामाजिक सुरक्षाका लागि कोष स्थापना गर्ने जानकारी दिए। उनले जमिन बाँझो राख्न नपाइने घोषणा पनि गरे।
सरकारले बङ्गुरपालनलाई प्रभावकारी बनाउन झापा, दार्चुलामा बङ्गुर फार्म बनाउने तथा फलफूल व्यवसायलाई प्रवद्र्धन गर्न फलफूल वनको अवधारणा अघि सारेको छ ।
शैक्षिक प्रमाणपत्रका आधारमा निब्र्याजी ऋण
आधारभूत तह निःशुल्क र अनिवार्य शिक्षा तथा तराईका जिल्लामा विद्यालय बाहिर रहेका किशोर–किशोरीका लागि प्रोत्साहनमूलक कार्यक्रम ल्याइने, मदन भण्डारी औद्योगिक विश्वविद्यालय स्थापना, शैक्षिक प्रमाणपत्रका आधारमा निब्र्याजी ऋण, दलित तथा लोपोन्मुख बालबालिकाका लागि सबै तहमा निःशुल्क शिक्षा, कर्णालीलगायतका क्षेत्रमा आवासीय विद्यालय स्थापना, प्रधानाध्यापकको कार्यसम्पादन सम्झौता गरिने उल्लेख छ ।
एक प्रदेशः एक मेडिकल कलेज
‘एक प्रदेशः एक मेडिकल कलेज’ अवधारणा कार्यान्वयन गरिनेछ । स्वास्थ्य स्वयम्सेविकाको पोसाक खर्चमा रु एक हजार ५०० ले वृद्धि गरिएको छ भने उनीहरुको स्वास्थ्य बिमा गरिनेछ । सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयको पूर्वाधार विकास गर्न पनि बजेटले व्यवस्था गरेको छ ।
सरकारले किसानको सामाजिक सुरक्षाका लागि किसान आयोग गठन गर्ने भएको छ । व्यवस्थापिका–संसद्मा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०७३÷०७४ को राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै किसानको सामाजिक सुरक्षाका लागि कोष स्थापना गर्ने जानकारी दिए। उनले जमिन बाँझो राख्न नपाइने घोषणा पनि गरे।
सरकारले बङ्गुरपालनलाई प्रभावकारी बनाउन झापा, दार्चुलामा बङ्गुर फार्म बनाउने तथा फलफूल व्यवसायलाई प्रवद्र्धन गर्न फलफूल वनको अवधारणा अघि सारेको छ ।
शैक्षिक प्रमाणपत्रका आधारमा निब्र्याजी ऋण
आधारभूत तह निःशुल्क र अनिवार्य शिक्षा तथा तराईका जिल्लामा विद्यालय बाहिर रहेका किशोर–किशोरीका लागि प्रोत्साहनमूलक कार्यक्रम ल्याइने, मदन भण्डारी औद्योगिक विश्वविद्यालय स्थापना, शैक्षिक प्रमाणपत्रका आधारमा निब्र्याजी ऋण, दलित तथा लोपोन्मुख बालबालिकाका लागि सबै तहमा निःशुल्क शिक्षा, कर्णालीलगायतका क्षेत्रमा आवासीय विद्यालय स्थापना, प्रधानाध्यापकको कार्यसम्पादन सम्झौता गरिने उल्लेख छ ।
एक प्रदेशः एक मेडिकल कलेज
‘एक प्रदेशः एक मेडिकल कलेज’ अवधारणा कार्यान्वयन गरिनेछ । स्वास्थ्य स्वयम्सेविकाको पोसाक खर्चमा रु एक हजार ५०० ले वृद्धि गरिएको छ भने उनीहरुको स्वास्थ्य बिमा गरिनेछ । सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयको पूर्वाधार विकास गर्न पनि बजेटले व्यवस्था गरेको छ ।
सरकारी कर्मचारीको तलब २५ प्रतिशतले बढ्यो
सरकारले कर्मचारीहरुको तलब २५ प्रतिशत बढाएको छ।
सरकारले मनोबल उच्च पारेर प्रभावकारी सेवा प्रदान गर्न भन्दै कर्मचारीहरुको तलब २५ प्रतिशत बढाएको हो। तलब वृद्धिको निर्णयसँग खरदार तहको तलब ४ हजार ४ सय रुपैयाँले बढेर २२ हजार रुपैयाँ पुगेको छ भने अधिकृत तहको तलब ६ हजार १ सय रुपैयाँ बढेर ३० हजार ५ सय रुपैयाँ पुगेको छ। २५ प्रतिशत तलब बढाएको सरकारले १ हजार रुपैयाँ महङ्गी भत्तालाई निरन्तरता दिएको छ।
सरकारी ढुकुटीबाट तलब खाने कर्मचारीको संख्या करिब ५ लाख हाराहारी भएकाले तथा तलब बढ्दा अवकाश प्राप्त कर्मचारीको पेन्सन पनि बढ्ने भएकाले तलब वृद्धिको यो निर्णयले सरकारलाई ठूलो आर्थिक भार पर्ने छ। सरकारले निजामति कर्मचारीहरुको उपचारका लागि सबै प्रदेशमा निजामति अस्पताल विस्तार गर्ने तथा सेवा प्रवेश गर्दा अनिवार्य तालिमको व्यवस्था गर्ने पनि बजेटमार्फत घोषणा गरेको छ ।
वृद्ध भत्तामा दोब्बर बृद्धि, २ हजार पुग्यो
सरकारले पेश गरेको आगामी आर्थिक वर्ष २०७३/७४ वजेट मार्फत वृद्ध भत्ता १ हजार रुपैयाँ बढाएको छ। सरकारले यस अघिसम्म वृद्धहरुलाई दिँदै सामाजिक सुरक्षा भत्ता वापतको १ हजार रुपैयाँबाट बढाएर २ हजार रुपैयाँ बनाएको हो। गत वर्ष पनि सरकारले ५ सय रुपैयाँबाट बढाएर वृद्ध भत्ता १ हजार रुपैयाँ बनाएको थियो।
यसका लागि सरकारले ३२ अर्ब ५० करोड रुपैयाँ खर्च गर्ने भएको छ ।
यसरी पाइने भत्ता भने बैंक खाताबाट मात्र दिइनेछ । बैंक खाता निशुल्क खोल्न पाइनेछ ।
एकल महिला, वृद्ध र अल्पसङ्ख्यकलाई सो भत्ता प्रदान गरिँदै आएको थियो । ‘आफ्नो गाउँ आफै बनाउँ’ कार्यक्रमको बजेट पनि दोब्बर बनाइएको छ । ती कार्यक्रमहरु विसं २०५२ मा नेकपा (एमाले) नेतृत्वको सरकारकै पालामा आएको थियो ।
यसैगरी, सांसद विकास कोषको रकम बढाइ रु तीन करोड पु¥याइएको छ । पत्रकारलाई सरकारी अस्पतालमा उपचारमा लाग्ने उपचार खर्चमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने सांसदहरुका लागि घरभाडा वृद्धि गरिएको छ ।
बजेटमा फास्ट ट्रयाक, बुढीगण्डकी र हुलाकी राजमार्ग
सरकारले काठमाडौ- तराई फास्ट ट्रयाक आफैं बनाउने घोषणा सहित त्यसका लागि १० अर्ब रुपैयाँ बजेट छुट्याएको छ।
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले ग्लोबल टेण्डरबाट छानिएको भारतीय कम्पनी आइएल एण्ड एफएसलाई नै फास्ट ट्रयाक निर्माणको जिम्मा दिनुपर्ने बताउँदै आएकामा सरकारले आफैं बनाउने घोषणासहित आगामी आर्थिक वर्षका लागि १० अर्ब रुपैयाँ विनियोजन गरेको हो।
७६ किलोमिटर लामो फास्ट ट्रयाक बनाउन १ खर्ब रुपैयाँ भन्दा बढी लाग्ने अनुमान गरिएको छ। आइएल एण्ड एफएसले १ खर्ब १२ अर्ब रुपैयाँ लाग्ने अनुमानसहितको डीपीआर तयार गरेपछि एमाले सांसद्हरु सभापति रहेका व्यवस्थापिका संसद्का अर्थ र विकास समितिले फास्ट ट्रयाक आफैं बनाउन सरकारलाई निर्देशन दिएका थिए।
सरकारले हुलाकी राजमार्ग अर्न्तगत पहिलो चरणको ६ सय ७ किलोमिटर सडकको निर्माण तीन वर्षभित्र पूरा गर्ने घोषणासहित त्यसका लागि ४ अर्ब २० करोड रुपैयाँ विनियोजन गरेको छ। तराईका २० जिल्ला छुने हुलाकी राजमार्ग निर्माणको चर्चा चलेको २६ वर्ष भइसकेपनि उक्त राजमार्ग अर्न्तगत हालसम्म ६७ किलोमिटर सडकको मात्र स्तरोन्नति गरिएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हुलाकी राजमार्ग अर्न्तगत दोस्रो चरणका ११ सय ८५ किलोमिटर सडकको निर्माण पनि अर्को वर्षबाट सुरु गर्ने बताए।
अर्थमन्त्री पौडेलले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाका लागि ५ अर्ब २३ करोड रुपैयाँ विनियोजन गरेका छन्। उनले १ हजार २ सय मेगावाट क्षमताको जलाशययुक्त आयोजनाको काम अगाडि बढाउन मुआब्जा वितरणका लागि अलग्गै संयन्त्र बनाउने बताए। सरकारले बुढीगण्डकी जलविद्युत आयोजना बनाउनका लागि डिजेल, पेट्रोल र हवाइ इन्धनमा प्रतिलिटर ५ रुपैयाँ पूर्वाधार कर लगाउने घोषणा गरेको छ। यो करबाट ७ अर्ब रुपैयाँ संकलन हुने अनुमान गरिएको अर्थमन्त्री पौडेलले बताए।
सरकारले आयोजनाका लागि चालु आर्थिक वर्ष ३ अर्ब ३७ करोड ४३ लाख रुपैयाँ बजेट छुट्याइएकामा आयोजना विकास समितिले मुआब्जाको विवाद् नसल्टिएका कारण वैशाख मसान्तसम्म ९ करोड ४५ लाख रुपैयाँ मात्र खर्च गरेको छ।
सांसदहरू खुसी हुनेगरी बजेट
सरकारले सांसद्हरुलाई खुशी तुल्याउने गरी बजेट ल्याएको छ।
सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट दोब्बरभन्दा बढी बढाएर सांसद्हरुलाई खुशी तुल्याएको हो। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचित सांसद्हरुमार्फत खर्च गर्ने रकम १ करोड ५० लाख रुपैयाँबाट बढाएर ३ करोड रुपैयाँ पुर्याइएको बताए।
निर्वाचित सांसद्हरुमार्फत अर्को वर्ष ७ अर्ब २० करोड रुपैयाँ खर्च हुने छ। यस्तै, निर्वाचन क्षेत्र विकास कार्यक्रमका नाममा सांसद्हरुले खर्च गर्ने बजेट पनि प्रतिसांसद् २० लाख रुपैयाँबाट बढाएर ५० लाख रुपैयाँ पुर्याइएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सांसद्हरुले पाउने घरभाडा पनि बढाइएको बताए।
निर्वाचन क्षेत्र पूर्वाधार र विकास कार्यक्रमको बजेट तथा घरभाडा वृद्धिको घोषणापछि सांसद्हरुले खुशीमा टेबल बजाएका थिए। सांसद्हरुले अहिले घरभाडावापत मासिक ६ हजार ५ सय रुपैयाँ पाउँदै आएका छन् ।
सरकारले सांसद्हरुलाई खुशी तुल्याउने गरी बजेट ल्याएको छ।
सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट दोब्बरभन्दा बढी बढाएर सांसद्हरुलाई खुशी तुल्याएको हो। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचित सांसद्हरुमार्फत खर्च गर्ने रकम १ करोड ५० लाख रुपैयाँबाट बढाएर ३ करोड रुपैयाँ पुर्याइएको बताए।
निर्वाचित सांसद्हरुमार्फत अर्को वर्ष ७ अर्ब २० करोड रुपैयाँ खर्च हुने छ। यस्तै, निर्वाचन क्षेत्र विकास कार्यक्रमका नाममा सांसद्हरुले खर्च गर्ने बजेट पनि प्रतिसांसद् २० लाख रुपैयाँबाट बढाएर ५० लाख रुपैयाँ पुर्याइएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सांसद्हरुले पाउने घरभाडा पनि बढाइएको बताए।
निर्वाचन क्षेत्र पूर्वाधार र विकास कार्यक्रमको बजेट तथा घरभाडा वृद्धिको घोषणापछि सांसद्हरुले खुशीमा टेबल बजाएका थिए। सांसद्हरुले अहिले घरभाडावापत मासिक ६ हजार ५ सय रुपैयाँ पाउँदै आएका छन् ।
Friday, 27 May 2016
मनिषाको प्रारम्भिक पोस्टमार्टमको रिपोर्ट यस्तो आयो
काठमाडौं–राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर बिमल घर्तीमगरको बहिनी मनिषाको घाँटीमा परेको दबाबका कारण मृत्यु भएको पोस्टमार्टमको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
त्रिवि शिक्षण अस्पतालको पोष्टमार्टम विभागका चिकित्सकले मनिषाको घाँटीमा ठूलो दबाब परेर मृत्यु भएको र त्यो झुण्डिएको (ह्याङगिङ) सँग मेल खाएको बताएका छन् ।
‘अहिलेसम्म उहाँको शवको परीक्षण गर्दा घाँटीमा ठूलो दबाब परेको कारण मृत्यु भएको पत्ता लागेको छ । जुन ह्याङगिङसँग मेल खान्छ ।’
‘अहिलेसम्म उहाँको शवको परीक्षण गर्दा घाँटीमा ठूलो दबाब परेको कारण मृत्यु भएको पत्ता लागेको छ । जुन ह्याङगिङसँग मेल खान्छ ।’
फोरेन्सिक विभागका प्रमुख हरिहर वस्तीले भने, ‘मृत्युको अन्य विस्तृत जानकारी पाउन अझैं केही दिन कुर्नुपर्ने हुन्छ । सम्पूर्ण ल्याब परीक्षणबाट मात्रै सबै जानकारी पाउन सकिएला ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
Powered by Blogger.
Contact me
Contact Form
Labels
Find Us On Facebook
Search This Blog
About us
-
?max-results="+numposts5+"&orderby=published&alt=json-in-script&callback=recentarticles1\"><\/script>");
यो लिंक थिच्नुहोस
Kosis
Click
Popular Posts
-
काठमाडौं– लामो छलफल र बहस पश्चात असहमतिका वावजुद शिक्षा ऐन संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ । व्यवस्थापिका संसद अ...
-
वर्षासंगै कमला नदीले खेतीयोग्य जमिन कटान थाल्यो पिडितहरु भन्छन् : लालपुर्जा छ, जग्गा छैन सिन्धुली,२६ असार – अबिरल बर्षाका कारण सिन्...
-
यस्तो छ दाहाल मन्त्रिपरिषद नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले ६ सदस्यीय मन्त्रीपरिषद् गठन गरेका छन्। नवनिर्वाचित प्रधानमन्त...
-
एजेन्सी । हामिले बेला बेलामा केटाले केटीलाई बलात्कार गरेको घटना त सुनेकै छौ । तर यस्तो घटना जहा मानिसद्धार पशु बलात्कृत भएको घटना विर...
-
काठमाण्डु, २ जेठ- प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक स्रोत र मानवीय शक्ति परिचालन गरेर देश विकासमा जुट्नुपर्ने बताएका छन् । राष...
-
शुक्रबार, ३१ बैशाख, २०७३ काठमाडौं, वैशाख ३१ । विभिन्न समूहमा विभाजित पूर्वपञ्चहरुबीच एकीकरण गराउने अभियानको सुरुआत भएको छ । राप्...
-
सुन्दरीजलको जंगलमा यस्तो अवस्थामा एक जोडी रंगेहात भेटेपछि केटाहरुले mobile बाट भिडियो बनाई youtube अपलोड गरिदिए हेर्नुहोस भिडियो
-
एजेन्सी । इतिहासमा यस्ता कैयौ राजारानी छन् जसको कहानी सुनेर हामी अचम्ममा पर्छौ । कोही आफ्नो शत्तिका लागि त कोही आफ्नो कार्यकालमा निर्...
-
१९ जेठ, काठमाडौं । सिडियो र सहायक सिडिओको सरुवा लाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री शक्ति बस्नेतबीच वाकयुद्ध चलेको छ । ...
Video Of Day
Flickr Images
?max-results=10">Technology
');
-
?orderby=published&alt=json-in-script&callback=mythumb1\"><\/script>");









