Wednesday, 8 June 2016

on Leave a Comment

चम्किइन् हिलारी क्लिन्टन


अमेरिकामा डेमोक्रेटिक पार्टीका तर्फबाट हिलारी क्लिन्टन राष्ट्रपति उम्मेदवार बन्ने पक्का भएको छ।
प्रमुख दलका तर्फबाट राष्ट्रपतीय चुनावमा उम्मेदवार बन्ने पहिलो महिला भएर हिलारी क्लिन्टनले अब इतिहास रच्ने अवसर प्राप्त गर्ने छिन्।
मंगलबार सम्पन्न  डेमोक्रेटिक पार्टीको आन्तरिक चुनावमा क्लिन्टनले ६ राज्य मध्ये ३ राज्यमा प्रतिद्वन्द्वी  बर्नी स्यान्डर्सलार्इ पराजित गरिन् भने सबैभन्दा बढी प्रतिनिधि भएको क्यालिफोर्निया राज्यमा अहिलेसम्मको गणनामा ठूलो अग्रता हासिल गरेकी छिन्।
पार्टीका तर्फबाट औपचारिक रुपले उम्मेदवार घोषणा हुन केही प्राविधिक जटिलता रहेकाले त्यसका निम्ति उनले केही समय अझै कुर्नु पर्ने छ।  
उम्मेदवार बन्ने निश्चित भएसँगै उनले रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार छानिएका डोनाल्ड ट्रम्पविरुद्ध आक्रमण सुरु गरेकी छिन्।  
आज उनले ट्रम्प अमेरिकी राष्ट्रपति बन्न अयोग्य भएको घोषणा गर्दै राष्ट्रपतीय चुनावमा आफूलाई समर्थन गर्न अमेरिकी नागरिकलार्इ आग्रह गरिन्।
उनका निम्ति प्रतिद्वन्द्वी बर्नी स्याण्डर्सले अझै केही समस्या खडा गरेका छन्। स्याण्डर्सले अझै उनको जितलार्इ स्वीकार गरेका छैनन्।
‘सुपर डेलिगेट्सको’ मत जोडेरमात्र हिलारीको बहुमत पुगेको भन्दै स्यान्डर्सले अझै प्रतिष्पर्धा नसकिएको बताएका छन्।
डेमोक्र्याटिक पार्टीमा ‘सुपर डेलिगेट्स’ भनेका ७ सय २० जना प्रमुख पार्टी नेताहरु हुन् जस मध्ये अधिकांशले हिलारीलार्इ समर्थन गरेका छन्।
पार्टीको अधिवेशनमा भोट नहालेसम्म उनीहरुको मत आधाकारिक नहुने स्यान्डर्सको दावी छ।
आफूले मात्र ट्रम्पलार्इ सजिलै हराउन सक्ने हुनाले जुलाईमा हुने अधिवेशन सम्ममा उनीहरुको समर्थन आफूलाई हुने स्यान्डर्सको दावी र छ।
यदि स्यान्डर्सपछि नहटेमा हिलारीलार्इ पूर्ण रुपले ट्रम्प विरुद्ध केन्द्रित हुन समस्या पर्ने छ।
युवाहरुको बहुमतले स्यान्डर्सलार्इ समर्थन गरेकाले ट्रम्पविरुद्द चुनाव जित्न उनलाई स्यान्डर्सको समर्थन अत्यावश्यक हुन्छ। 

0 comments:

Post a Comment

Powered by Blogger.

Contact Form

Name

Email *

Message *

Find Us On Facebook

Search This Blog

About us

    ?max-results="+numposts5+"&orderby=published&alt=json-in-script&callback=recentarticles1\"><\/script>");

यो लिंक थिच्नुहोस

Kosis

Click

Popular Posts

Video Of Day

Flickr Images

?max-results=10">Technology
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb1\"><\/script>");
?max-results=10">Fashion
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");

World

?max-results=10">Gallery
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");
?max-results=10">Sports
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");