Tuesday, 10 May 2016

on Leave a Comment

दिल्लीको बुझाईमा बेइजिङले यसरी बचाएको थियो ओली सरकार


वैशाख २९

काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने नेपालको नाटकीय राजनीतिक घटनाक्रममा दुवै छिमेकी राष्ट्र मुछिएका छन् । नेपालमा ओली सरकारको विकल्प खोज्न भारतले चलखेल गरेको चर्चा कायमै रहदा भारतीयपक्षले बेइजिङ ओलीको बचाउमा लागेको आरोप लगाएको छ ।
kp oli
भारतीय पत्रिका हिन्दुस्तान टाइम्समा प्रकाशित एक रिपोर्टमा बुधबार राती र बिहिबार बिहानको बीचमा एमाओवादी अध्यक्ष प्रचण्डमा आएको १८० डिग्रीको परिवर्तनका लागि चिनियाँपक्ष जिम्मेवार भएको दाबी गरिएको छ ।
पत्रकार प्रशान्त झाले तयार पारेको रिपोर्टमा भनिएको छ, ‘प्रचण्डको यु–टर्नमा आन्तरिक पक्षको साथसाथै चिनियाँ ‘सुझाव’ ले भूमिका खेलेको’ उल्लेख छ ।
यो घटनामा नेपालको राजनीतिक अवस्थाबारे चीनले पहिलो पटक आफ्नो स्पष्ट धारणा राखेको बताइएको छ । रिपोर्टमा पछिल्लो समय नेपाली राजनीतिमा चिनियाँ चासो बढेको उल्लेख छ ।
प्रचण्डले आफूलाई प्रधानमन्त्रीको दाबेदार प्रस्तुत गरेपछि चिनियाँ कुटनीतिज्ञले एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एमाले उपाध्यक्ष बामदेव गौतमलाई भटेका थिए । त्यसपछि उनीहरुले नै ओली र प्रचण्डबीच समन्वय गर्ने भूमिका खेलेका थिए ।
एमाओवादीले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने कुरा अघि सार्न अघि नै सरकार परिवर्तन हुने कुरा चलिरहेको थियो । त्यही बेला नेपालमा रहेका चिनियाँ कुटनीतिज्ञले ओली सरकारलाई समर्थन गर्ने पार्टीहरुलाई भेटेर ‘नेपालको स्थायीत्वका लागि राम्रो हुने’ बताउँदै ओली सरकारलाई समर्थन गर्न आग्रह गरेको रिपोर्टमा उल्लेख छ ।
prachanda (1)
प्रचण्डले आफूलाई प्रधानमन्त्रीको दाबेदार प्रस्तुत गरेपछि चिनियाँ कुटनीतिज्ञले एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एमाले उपाध्यक्ष बामदेव गौतमलाई भटेका थिए । त्यसपछि उनीहरुले नै ओली र प्रचण्डबीच समन्वय गर्ने भूमिका खेलेका थिए ।
दुई जनालाई भेटेकै साँझ दुई चिनियाँ कुटनीतिज्ञहरुले प्रचण्डलाई ओलीको निकट मानिएका व्यापारीको घरमा भेटेको दाबी गरिएको छ । यद्यपि, प्रचण्डले भने यो कुरा अस्वीकार गरेको झाले बताएका छन् ।
त्यस्तै माओवादीबाट सरकार परिवर्तनको खेल शुरु गर्ने आर्किटेक्ट मानिएका कृष्णबहादुर महाराले पनि त्यसको भोलिपल्ट बिहान ११ बजे चिनियाँ अधिकारीलाई भेटेको रिपोर्टमा छ । भेटमा महराले चिनियाँ अधिकारीलाई ओलीदेखि प्रचण्डमा नेतृत्व सार्दा ‘लेफ्टदेखि लेफ्टमै’ पावर सेयर हुने बताउँदै सरकार परिवर्तनमा कन्भिन्स गर्न खोजेका थिए । रिपोर्टमा जनाइए अनुसार महराले प्रचण्डले चिनियाँ चासोलाई सम्बोधन गर्नेसम्म प्रतिबद्धता सुनाएका थिए । ‘तर, चिनियाँ अधिकारीले महरालाई कुनै प्रतिबद्धता दिएनन्, कुरा सुने मात्र,’ रिपोर्टमा भनिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका दौराना गरेको ऐतिहासिक सम्झौताले भूमिका खेलेको बताइएको छ । ‘चीनसँग सम्झौता गरेपछि प्रधानमन्त्री टिक्दैनन् भन्ने सन्देश चीनले यसपटक दिन नचाहेको’ कुरा चीन निकट नेता भन्दै उद्धृत गरिएको छ ।
गोवा हुने ब्रिक्स सम्मेलनपछि आगामी अक्टोबरमा चिनियाँ राष्ट्रपति सि जिनपिङ नेपाल आउने समेत सम्भावना रहेको रिपोर्टमा उल्लेख छ ।
रिपोर्टमा भारतीय अधिकारीहरुले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई नियालिरहेको बताइएको छ । भारतीय अधिकारीलाई उद्धृत गर्दै चीनको हस्तक्षेपमाथि पनि भारतीय पक्षबाट अध्ययन भइरहेको बताइएको छ ।

0 comments:

Post a Comment

Powered by Blogger.

Contact Form

Name

Email *

Message *

Find Us On Facebook

Search This Blog

About us

    ?max-results="+numposts5+"&orderby=published&alt=json-in-script&callback=recentarticles1\"><\/script>");

यो लिंक थिच्नुहोस

Kosis

Click

Popular Posts

Video Of Day

Flickr Images

?max-results=10">Technology
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb1\"><\/script>");
?max-results=10">Fashion
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");

World

?max-results=10">Gallery
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");
?max-results=10">Sports
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");