Thursday, 26 May 2016

on Leave a Comment

यी नै हुन गम्भीर राष्ट्रघाती शिक्षामन्त्री पोखरेल


काठमाडौं, १४ जेठ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नियम विपरित भारतीय विद्यालयहरुलाई अनुमति प्रदान गरेको छ । नेकपा (माओवादी केन्द्र)का नेता तथा विघटित एमाओवादीका सचिव समेत रहेका पोखरेललाई अध्यक्ष प्रचण्डले सभामुखसमेत बनाउन चाहन्थे ।

पोखरेलले मन्त्री रोजे त्यो पनि ठूलो कष्टका साथ । राज्यका पाँच विशिष्ठ पदमध्ये सभामुखको पद महत्वपूर्ण हो । राज्यको पाँचौ नम्बरमा रहने पदमा जान छाडेर पोखरेल शिक्षामन्त्री बन्न राजी भए । क्रान्तिकारी छवी बनाएका, एमाओवादीको देशव्यापी हार भएको बेलामा समेत महोत्तरीबाट प्रत्यक्षमा निर्वाचन जितेका मन्त्री पोखरेललाई धेरैले इमान्दार नेताको रुपमा चिन्ने गर्दथे र शिक्षामन्त्री भएपछि नेपालको शिक्षा क्षेत्रमा आमुल परिवर्तन गर्लान् भन्ने आम नेपाली जनता तथा माओवादी नेता तथा कार्यकर्ताको भावना विपरित उनले गतिविधि गरे भन्ने कुरा आम मानिसलाई पत्याउन मुस्किल पर्दछ ।


तर, जे पत्याउन मुस्किल मानिएको छ वा आम मान्छेले ठानेका छन् सोही धन्दा पोखरेलले गरे भन्दा आम मान्छेलाई पत्याउन गाह्रो भएको छ । क्रान्तिकारी मन्त्री पोखरेलले भारतीय बोर्डबाट सञ्चालन हुँदै आएका १६ वटा विद्यालयलाई एकै निर्णयमा वैधानिक बनाइदिए । त्यो पनि कार्यालय समय भन्दा पछि निर्णय गरेर ।

कुरा गत माघ १० गतेको हो । उनै क्रान्तिकारी मन्त्री पोखरेलले अवैध रुमपा चलिरहेका विद्यालयलाई वैधानिक मात्रै बनाएनन् त्यस वापत मोटै रकम समेत लिएको सम्वद्ध पक्षको दावी छ ।

पोखरेलले अवैध रुपमा चलेका मोर्डन इन्डियन विद्यालय, रुपिज इन्टरनेशन, सिजी एजुकेशन, राई स्कूल, रुपिज इन्टरनेशन,भारतीय दूतावास भित्र सञ्चालित केन्द्रीय विद्यालय तथा अन्य विभिन्न नाममा खुलेका १६ वटा विद्यालयलाई एकै निर्णयका आधारमा वैधानिक बनाइदिए ।

विभिन्न विद्यार्थी संगठनले भारतीय विद्यालय बन्द गर्न पटक पटक आन्दोलन गरेका थिए । तर कार्यान्वयन गराउने निकायमा रहेका मन्त्री पोखरेलले नै अवैध रुमपा सञ्चालित भारतीय विद्यालयलाई वैध बनाइदिएपछि आन्दोलनमा उत्रिएका विद्यार्थीको माग कसले सम्बोधन गर्ने होलान् भन्नेमा आशंका पैदा भएको छ ।

भारतीय बोर्डद्वारा सञ्चालित विद्यालयमा नेपालको सार्वभौमसत्ता, अखण्डता विरुद्ध अध्ययन अध्यापन हुने गर्दछ । हमरा देश क्या हे , भारत हे, इन्डिया हे । हामरा प्रधानमन्त्री कौन है पिएम नरेन्द्र मोदी है । हमरा राष्ट्रपति कौन है, प्रणव मुखर्जी । गौतम बुद्धका जन्मस्थल कहाँ पर्छ भारत आदि इत्यादी । गलत र पूर्णत भ्रामक पाठ्यक्रम पढाइ हुने तथा राष्ट्र र राष्ट्रियता विरुद्धको पढाइ हुने विद्यालयलाई सम्बन्धन दिएर पोखरेलले चरम राष्ट्रघात गरेको शिक्षा मन्त्रालयका एक अधिकारीले बताए ।

त्यसो त मन्त्री पोखरेलको उक्त हर्कत विरुद्ध माओवादी केन्द्रको बैठकमा उनकै समूहका अर्का नेता लिलामणि पोखरेलले असन्तुस्टि मात्रै जनाएनन्, पार्टी अध्यक्ष भारत विरुद्ध लड्ने मन्त्री भने भारतीय पक्षसँग लम्पसार परेर सौदावाजी गर्ने प्रवृत्ति ठीक नभएको बताए । उनले भारतीय विद्यालयलाई किन वैधानिक बनाएको, कुन स्वार्थले भारतीयलाई विद्यालय चलाउन दिएको हो भन्दै आपत्ति जनाए । पोखरेलले त्यसो भनिरहँदा मन्त्री पोखरेले भने घोस्से मुन्टो लगाएर बसेका थिए । उनले कुनै उत्तर पनि दिएनन र सुनेको नसुन्यै गरे बैठकमा सहभागी एक नेताले बताएको जनआह्वान साप्ताहिकमा समाचार छ ।


0 comments:

Post a Comment

Powered by Blogger.

Contact Form

Name

Email *

Message *

Find Us On Facebook

Search This Blog

About us

    ?max-results="+numposts5+"&orderby=published&alt=json-in-script&callback=recentarticles1\"><\/script>");

यो लिंक थिच्नुहोस

Kosis

Click

Popular Posts

Video Of Day

Flickr Images

?max-results=10">Technology
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb1\"><\/script>");
?max-results=10">Fashion
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");

World

?max-results=10">Gallery
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");
?max-results=10">Sports
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");