Tuesday, 17 May 2016

on Leave a Comment

अमेरिकाको भिसा प्रक्रिया सहज



काठमाडौं
    जेष्ठ ४, २०७३ काठमाण्डौस्थित अमेरिकी दूतावासले पर्यटक तथा विद्यार्थी भिसाका आवेदकका लागि कागजी प्रक्रिया घटाउने भएको छ । यही जेठ १९ गतेबाट लागु हुने गरी पर्यटक तथा विद्यार्थी भिसाका लागि आवेदन दिने व्यक्तिहरूले भिसाको अन्तर्वार्ताका लागि उपस्थित हुँदा आवश्यक थोरै मात्र कागजपत्र ल्याए पुग्ने दुतावासले जनाएको छ ।
    आवेदकहरूलाई सम्भावित छलकपटबाट जोगाउनका साथै उनीहरूको पैसा र समय बचत होस् भनी उनीहरूले अबदेखि बैंक मौज्दात विवरण, जग्गासम्बन्धी कागजात, निमन्त्रणा पत्र वा त्यस्तै अन्य कागजपत्र ल्याउनु नपर्ने दुताबासले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
    नयाँ प्रावधान अनुसार भिसाका लागि आवेदन दिने व्यक्तिहरूले नयाँ र पुरानो राहदानी, डिएस–१६० कन्फर्मेशन पेज, आवेदन शुल्क भुक्तानी रसिद, फोटो र विद्यार्थी भिसाका लागि आई–२० र ट्रान्स्कि्रप्टहरु मात्रै ल्याए पुग्ने दुताबासले जनाएको छ । अन्तर्वार्तामा ल्याइएका सम्पूर्ण शैक्षिक ट्रान्स्कि्रप्टहरूको दुताबासले नै प्रमाणीकरण गर्ने भएको छ ।
    हालैका महिनामा कन्सलटेन्सीहरूलाई अन्तर्वार्ताका लागि कागजपत्र तयार पार्न वा प्राप्त गर्न नगद रकम तिरेको र पछि त्यस्ता कागजपत्रहरू कन्सुलर अधिकृतहरूले नखोज्ने कुरा थाहा पाएको गुनासो बढेपछि दुताबासले नयाँ व्यवस्था लागु गरेको हो ।

    0 comments:

    Post a Comment

    Powered by Blogger.

    Contact Form

    Name

    Email *

    Message *

    Find Us On Facebook

    Search This Blog

    About us

      ?max-results="+numposts5+"&orderby=published&alt=json-in-script&callback=recentarticles1\"><\/script>");

    यो लिंक थिच्नुहोस

    Kosis

    Click

    Popular Posts

    Video Of Day

    Flickr Images

    ?max-results=10">Technology
    ');
      ?orderby=published&alt=json-in-script&callback=mythumb1\"><\/script>");
    ?max-results=10">Fashion
    ');
      ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");

    World

    ?max-results=10">Gallery
    ');
      ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");
    ?max-results=10">Sports
    ');
      ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");