Monday, 30 May 2016
बजेट सूचना चुहिएको छानबिन हुनुपर्ने कांग्रेस प्रस्ताव ओलीद्वारा अस्वीकार
बजेट 'लिक'भएकोमा कांग्रेसको आपत्ति
सोमबार कांग्रेसको अवरोधले बैठक स्थगित भएपछि संसदबाट बाहिरिदैं सांसदहरु । शालिग्राम तिवारी/कान्तिपुर
जेष्ठ १७, २०७३- संसदमा पेस गर्नु अगावै बजेटको सूचना चुहावट भएकोबारे संसदीय छानवीन हुनुपर्ने प्रमुख विपक्षी कांग्रेसको मागलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका छन् ।
चुहावटको विरोधमा कांग्रेसले सोमबार एकै दिन ४ पटक सदन अवरुद्ध बनाएपछि ओलीले प्रमुख विपक्षी नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका थिए । देउवाले बजेटको सूचना लिक हुनु संसदीय अपमान भन्दै छानवीन गर्न माग गरेका थिए । प्रधानमन्त्री ओलीले भने बजेट हुबहु सार्वजनिक नभएको र करको दर समेत गोप्य रहेकाले यस्ता विषय उठाएर सदन अवरुद्ध नबनाउन आग्रह गरेका थिए ।
ओलीले यसअघि पनि बजेट अघि नै मिडियामा सार्वजनिक हुने गरेको दृष्टान्त राखेका थिए । 'पोहोर पनि एक अनलाइनले हुबहु सार्वजनिक गरेको थियो । त्यसअघि पनि दैनिक पत्रिकामै आएको थियो', व्यवस्थापिका-संसदस्थित आफ्नै कक्षमा प्रधानमन्त्री ओलीले भनेका थिए-'यसपटक त्यस्तो गम्भीर असर हुने खालको केही चुहावट भएको छैन ।'
देउवाले भने गत शनिवार बजेट अर्थ मन्त्री विष्णु पौडेलले संसदमा पेस गर्नु अघि नै मिडियामा आएको भन्दै त्यसमा आफ्नो पार्टीको गम्भीर असहमति रहेको बताएका थिए ।
'ओली, देउवासहितका नेताबीच करिब आधा घण्टा छलफल भयो । तर, केही सहमति बनेन', सहभागी स्रोतले कान्तिपुरलाई बतायो । देउवाले उक्त घट्नाको छानवीन नभएसम्म सदन चल्न नसक्ने चेतावनी समेत दिएका थिए । ओलीले भने मिडियामा आएको मात्र विषयलाई लिएर सदन अवरुद्ध गर्दा हरेक वर्ष समस्या दोहोरिरहने भन्दै देउवाको प्रस्तावलाई अस्वीकार गरेका थिए ।
'मिडियाले आफ्नै स्रोतले थाहा पाएर बजेटका केही कुरा बाहिर ल्याउलान् । त्यसमै टेकेर विरोध गर्न थालियो भने कुन अर्थ मन्त्रीले बजेट ल्याउन सक्लान ?' ओलीले प्रश्न गरेका थिए ।
कांग्रेसका सांसदहरुले लगातार सदन अवरुद्ध गरेपछि नयाँ बानेश्वस्थित संसद भवनमै ओलीले देउवालाई भेटेका थिए ।
सोमबार विहान ११ बजे बोलाइएको बजेटबारे छलफलको सुरुमै कांग्रेसका सांसदहरु उठेर विरोध जनाएपछि सभामुख ओनसरी घर्तीले पूर्व अर्थ मन्त्री समेत रहेका नेता रामशरण महतलाई बोल्न समय दिएकी थिइन । महतले संसदमा बजेट आउनुपूर्व सरकारले लिक गरी संसदको मानहानी गरेकाले छानवीन हुनुपर्ने बताएका थिए । 'यो संसदको अवमूल्यन हो । यसको छानवीन नभएसम्म संसदको कारवाही अघि नबढाइयोस्', उनको भनाई थियो ।
त्यसपछि सभामुख घर्तीले ३० मिनेटका लागि बैठक स्थगित गरेकी थिइन् । उक्त समयपछि बसेको बैठकमा पनि कांग्रेसका सांसदहरुले उठेरले विरोध जनाए । त्यसपछि बोल्दै कांग्रेस नेता एवं सांसद रमेश लेखकले सरकारले गम्भीर अपराध गरेको भन्दै संसदीय छानवीन गर्न माग गरे । यसअघि पनि बजेट पहिले नै सार्वजनिक हुदा विरोध भई छानवीन भएको दृष्टान्त लेखकले राखेका थिए ।
उक्त छानवीन समितिले बुझाएको प्रतिवेदनले दिएका सुझावलाई सरकारले उल्लंघन गरेकोमा उनको आपत्ति थियो । 'बजेट पहिले नै लिक भई विभिन्न व्यापारीकहाँ पुगेको छ । त्यसको असर शेयर बजारमै समेत पुगेको छ', उनको भनाई सँगै सांसदहरुले विरोध यथावत राखेपछि बैठक साँढे १ बजेसम्मलाई दोस्रोपल्ट स्थगित गरिएको थियो ।
त्यसपछि बसेको तेस्रो बैठकमा पनि कांग्रेस सांसदहरु उभिएर विरोध गरेपछि पूर्व अर्थ मन्त्री महेश आचार्यलाई बोल्न दिइएको थियो । उनले संसदको विशेषाधिकार उल्लंघन हुने गरी सूचनाहरु लिक भएकाले छानवीन नगरी बैठकको प्रक्रिया अघि बढाउन नहुने बताएका थिए । सभामुख घर्तीले 'बसौं माननीय ज्यूहरु' भन्दै आग्रह गरेकी थिइन । विरोध जारी रहेपछि बैठक दिउसो ३ बजे पुन बस्ने गरी स्थगित भएको थियो ।
चौथो पटक बसेको बैठकमा पनि अवरोध कायमै रह्यो । कांग्रेसकी संसदीय दलकी सचेतक इश्वरी न्यौपानेले बजेट पहिले सार्वजनिक गर्दा अर्थतन्त्रमा गम्भीर असर परेको भन्दै त्यसबारे छानवीन हुनुपर्ने अडान दोहोर्याएकी थिइन । सभामुखले पुन ः बस्न आग्रह गर्दा पनि विरोध जारी रहेपछि बैठक मंगलवार ११ बजेसम्मका लागि स्थगित भएको थियो ।
Powered by Blogger.
Contact me
Contact Form
Labels
Find Us On Facebook
Search This Blog
About us
-
?max-results="+numposts5+"&orderby=published&alt=json-in-script&callback=recentarticles1\"><\/script>");
यो लिंक थिच्नुहोस
Kosis
Click
Popular Posts
-
काठमाडौं– लामो छलफल र बहस पश्चात असहमतिका वावजुद शिक्षा ऐन संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ । व्यवस्थापिका संसद अ...
-
वर्षासंगै कमला नदीले खेतीयोग्य जमिन कटान थाल्यो पिडितहरु भन्छन् : लालपुर्जा छ, जग्गा छैन सिन्धुली,२६ असार – अबिरल बर्षाका कारण सिन्...
-
यस्तो छ दाहाल मन्त्रिपरिषद नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले ६ सदस्यीय मन्त्रीपरिषद् गठन गरेका छन्। नवनिर्वाचित प्रधानमन्त...
-
एजेन्सी । हामिले बेला बेलामा केटाले केटीलाई बलात्कार गरेको घटना त सुनेकै छौ । तर यस्तो घटना जहा मानिसद्धार पशु बलात्कृत भएको घटना विर...
-
काठमाण्डु, २ जेठ- प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक स्रोत र मानवीय शक्ति परिचालन गरेर देश विकासमा जुट्नुपर्ने बताएका छन् । राष...
-
शुक्रबार, ३१ बैशाख, २०७३ काठमाडौं, वैशाख ३१ । विभिन्न समूहमा विभाजित पूर्वपञ्चहरुबीच एकीकरण गराउने अभियानको सुरुआत भएको छ । राप्...
-
सुन्दरीजलको जंगलमा यस्तो अवस्थामा एक जोडी रंगेहात भेटेपछि केटाहरुले mobile बाट भिडियो बनाई youtube अपलोड गरिदिए हेर्नुहोस भिडियो
-
एजेन्सी । इतिहासमा यस्ता कैयौ राजारानी छन् जसको कहानी सुनेर हामी अचम्ममा पर्छौ । कोही आफ्नो शत्तिका लागि त कोही आफ्नो कार्यकालमा निर्...
-
१९ जेठ, काठमाडौं । सिडियो र सहायक सिडिओको सरुवा लाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री शक्ति बस्नेतबीच वाकयुद्ध चलेको छ । ...
Video Of Day
Flickr Images
?max-results=10">Technology
');
-
?orderby=published&alt=json-in-script&callback=mythumb1\"><\/script>");

0 comments:
Post a Comment