जापानले दिनेभयो मल्टिपल भिजिट भिसा
[WIDGET_TITLE_PROMOTED_CONTENT]
काठमाडौं, १ जेठ । जापानमा घुम्न जाने पर्यटकहरुका लागि मल्टिपल भिसा दिने तयारी भईहेको छ । गृष्मऋतुदेखि केही मुलुकका पर्यटकहरुलाई मल्टिपल भिसा दिइने तयारी भईरहेको छ । सन् २०२० मा हुने टोक्यो ओलम्पिक खेलमा ४ करोड पर्यटक भित्र्याउँने लक्ष्य बमोजिम जापान सरकारले यस्तो नीति अपनाएको हो । शुरुमा चिनीयाँ पर्यटकहरुका लागि मल्टिपल भिसा उपलब्ध गराइने छ ।
चिनियाँपछि छिट्टै रसियन पर्यटकहरुलाई पनि मल्टिपल भिसा दिइनेछ । उनीहरुलाई हालै भूकम्पबाट क्षतिग्रस्त क्युशु क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि प्रोमोट गरिने बताइएको छ । चीन, रसिया, भारत, फिलिपिन्स र भियातनामका पर्यटकहरुलाई मल्टिपल भिसा दिइनेछ ।
जापानमा पढ्न आ जाने भारतीय विद्यार्थीहरुका लागि समेत भिसा नीति केही खुकुलो पार्ने सरकारी निर्णय भएको बताइएको छ ।

0 comments:
Post a Comment