Friday, 27 May 2016

on Leave a Comment

पेट्रोल खानीको अध्ययन गर्न आएको चिनियाँ टोली फिर्ता


जेष्ठ १४, २०७३- चीनवाट सम्भावित पेट्रोल खानीको अन्वेषणका लागि आएको ६ जनाको प्राविधिक टोली विहीवार स्वादेश फर्केको छ । टोलीले दैलेख, सुर्खेत, वुटवल, पाल्पा, चतरा वह्राक्षेत्र र मोरङको राधानगरमा स्थलगत भ्रमण गरी अनुसन्धान गरेको थियो । 
'टोली चीन फर्केको छ,' खानी तथा भूगर्भ विभाग पेट्रोलियम अन्वेषण महाशाखाका प्रमुख सुधिर रजौरेले भने, 'टोलीले एक महिनापछि चीन सरकार मार्फत नेपाल सरकारलाई रिर्पोट दिनेछ ।' २७ दिन नेपाल वसेको प्राविधिक टोलीले पेट्रोलीयमका लागि आवश्यक स्रोत चट्टानको अध्ययन र अनुसन्धान गरेको थियो । 
'पहिलो चरणको काम सकिएको छ, एक महिनापछिको रिर्पोट राम्रो आयो भने त्यसपछि अन्वेषणको थप काम अघि वढ्छ,' प्रमुख रजौरेले भने, 'त्यसका लागिपनि चीन सरकारले आर्थिक तथा प्राविधक सहयोग गर्ने छ ।' टोलीका सदस्यले मौखीक रुपमा पेट्रोलीम पर्दाथको स्रोत रहेको बताएको छ । 'टोली उत्साहित भएर फर्केको छ,' रजौरेले भने, 'लिखीत रुपमा प्रतिवेदन नआइ केही भन्न मिल्दैन् ।'
३५ बर्षअघि देशका १० स्थानमा पेट्रोल र ग्याँस रहेको भन्दै अन्वेषण सुरु गरीएको थियो । अन्वेषणमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोग छ । 
भारतको नाकाबन्दीका कारण चरम पेट्रोलीयम पदार्थको अभाव भएपछि नेपाल सरकारले चीन सरकार संग सहयोग मागेको हो । 
मोरङको राधानगरमा २०३९ सालमा पेट्रोलियम पदार्थ रहेको भन्दै सरकारले अन्वेषण सुरु गरेको हो । ०४३ देखि ०४५ सालमा यसलाई तिब्र गतिमा अघि बढाएको थियो । तर अहिले सम्म काम हुन सकेको छैन् । यही रेन्जमा अन्य देशहरुमा पनि खानी भएकाले यहाँ पनि विश्वास खानी तथा भुर्गभ विभागको छ । 
त्यस बेला मोरङमा सम्भावीत पेट्रोल खानीको अन्वेषण र उत्खनन जिम्मा पाएको नेदरलेण्डको एक कम्पनीले ३ हजार ५२० मिटर तल डिल गरी सकेको छ । थप कामका लागि केहि अमेरीकी र क्यानडाका संस्थाहरुले सम्झौता गरेका थिए, तर पनि काम भएको थिएन । बाहुनीमा रहेको उक्त क्षेत्र नेपालको तराईका १० वटा सम्भावित पेट्रोल पाइने क्षेत्र मध्ये १० औं नम्बरमा पर्दछ । यसअघि यो खानीको क्यानडियन कम्पनी सेल नेपाल बिबिले एरो म्याग्नेटिक सर्भे र डिटेल साइस्मीक सर्भे गरिसकेको छ । त्यसबेला ३५२० मिटर डि्रलिङ गरिएको थियो । 
पेट्रोल भएको या नभएको भन्ने विषयमा पूर्ण जानकारी लिन ४ हजार मिटर डि्रलिङ गर्नुपर्ने अध्ययनले देखाएको छ । यद्यपि अहिलेसम्मको अनुसन्धानले पेट्रोल रहेकै सम्भावना बढी रहेको पेट्रोलियम अन्वेषण परियोजनाले जनाएको छ । अहिले पेट्रोल खानीको सुरक्षाका लागि सरकारले २ जना चौकीदार राखेको छ । केही बर्ष अघि ५ लाखको लागतमा वरिपरि घेराबारासमेत भएको छ । 


0 comments:

Post a Comment

Powered by Blogger.

Contact Form

Name

Email *

Message *

Find Us On Facebook

Search This Blog

About us

    ?max-results="+numposts5+"&orderby=published&alt=json-in-script&callback=recentarticles1\"><\/script>");

यो लिंक थिच्नुहोस

Kosis

Click

Popular Posts

Video Of Day

Flickr Images

?max-results=10">Technology
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb1\"><\/script>");
?max-results=10">Fashion
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");

World

?max-results=10">Gallery
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");
?max-results=10">Sports
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");