Monday, 16 May 2016

on Leave a Comment

जुट्यो माओवादी, बन्योे क्रान्तिकारी धार


जेठ ४

5-mawobadiकाठमाडौं – नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा सर्वाधिक ठूलो, महत्वपूर्ण र प्रभावकारी कम्युनिस्ट एकता हुने सुनिश्चित भएको छ । जेठ ६ गते माओवादीहरुबीच एकता अधिवेशन हुँदैछ ।
मुलुकमा क्रान्तिकारी धार, जनजीविका र राष्ट्रियताको पहरेदारका रुपमा स्थापित, विगतको गौरवमय जनयुद्धको विरासत बोकेका ठूला दुई कम्युनिष्ट पार्टी नेकपा (क्रान्तिकारी माओवादी) र एमाओवादीबीच एकता हुने सुनिश्चित भएको छ । यसका साथै क्रान्तिकारी मूल धारमा अन्य कम्युनिष्ट पार्टीहरु पनि जोडिने भएका छन् । मणि थापाले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र विप्लव माओवादीबाट विद्रोह गरेको एउटा पक्ष पनि एकताको मूल प्रवाहमा समाहित भएको छ ।
आजको समयाबद्व साप्ताहिकमा खबर छ– यी सबै पार्टी र समूह विगत जनयुद्धको भट्टीमा खारिएर जनता माझबाट आएका हुन् । मुलुकमा गणतन्त्र, संघीयता, धर्मरिपेक्षता, समावेशीकरण जस्ता युगान्तकारी एजेण्डाहरुलाई उठान गर्ने र मूर्त रुप दिने यिनै राजनीतिक शक्तिहरु हुन् । विगतमा एउटै पार्टीका रुपमा रहँदा आकाश धरती हल्लाएका र विश्वभरिका उत्पीडित, शोषित, पीडित, विपन्न जनताको आशाको केन्द्र रहेका यी पार्टीहरु कालान्तरमा विभिन्न कालखण्डमा विभाजित भएका थिए । समयको माग, युगको आवश्यकता र कम्युनिष्ट आन्दोलनलाई पुनः नयाँ उँचाइमा पु¥याउने उद्देश्यका साथ यी कम्युनिस्ट पार्टीहरु एकढिक्का हुन लागेका हुन् । यी पार्टीहरुबीच एकतासँगै मुलुकको राजनीतिक परिदृश्य फेरिने विश्वास गरिएको छ ।
जनपक्षीय शक्तिहरु छिन्नभिन्न हुँदा दक्षिणपन्थी शक्तिहरु मुलुकको राजनीतिमा हावी हुन पुगेका थिए भने देशको राष्ट्रियता नै धरापमा परेको थियो । क्रान्तिकारी वाम शक्तिहरु तितरवितर हुँदै जाँदा त्यो ठाउँ जातिवादी÷क्षेत्रीयतावादी शक्तिहरुले लिने खतरा बढ्दै गएको थियो । यस्तो बेला क्रान्तिकारी वामपन्थीहरु एकीकृत हुने खबरले जनतामा उत्साह बढेको छ भने विश्वभरिका कम्युनिष्टहरु आशावादी भएका छन् ।
एकीकरणमा जान लागेका कम्युनिष्ट पार्टीहरु के कुरामा स्पष्ट देखिएका छन् भने परिवर्तित समयअनुसार संघर्षको मोर्चा, मैदान र स्वरुप फरक हुन्छ । विश्व र नेपालको नयाँ परिवेशमा कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगबाटै अगाडि बढाउनुपर्छ तर यसको जग विगतको गौरवपूर्ण बलिदान र संघर्ष नै हुनुपर्छ भन्ने उनीहरुको मत देखिएको छ । यही भावनासाथ उनीहरु एकीकृत हुन लागेका हुन् ।

0 comments:

Post a Comment

Powered by Blogger.

Contact Form

Name

Email *

Message *

Find Us On Facebook

Search This Blog

About us

    ?max-results="+numposts5+"&orderby=published&alt=json-in-script&callback=recentarticles1\"><\/script>");

यो लिंक थिच्नुहोस

Kosis

Click

Popular Posts

Video Of Day

Flickr Images

?max-results=10">Technology
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb1\"><\/script>");
?max-results=10">Fashion
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");

World

?max-results=10">Gallery
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");
?max-results=10">Sports
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");