पूर्व राजाको स्वागतमा उर्लियो भिड
इनरुवा जेठ ७/ पूर्व राजा ज्ञानेन्द्र शाह आउने खबर पाएपछि इनरुवामा मध्यान्हबाटै बाक्लो भिड जम्मा हुन पुगेको थियो । पूर्व राजा ज्ञानेन्द्र राजमार्ग हुँदै झापा जाने कार्यतालिका अनुरुप इनरुवाको महेन्द्रचौकमा उनको स्वागतका लागि घण्टौं ठुलो भिड प्रतिक्षामा बसेको
थियो । साँझ ६ बजे महेन्द्रचौक आइपुगेका ज्ञानेन्द्रको स्वागतका लागि भेला भएका राजावादी सहितका सर्वसाधारणको भिड व्यवस्थित गर्नु प्रहरीका लागि हम्मे हम्मे
बनेको थियो । सडक किनारमा स्वागतका लागि लामवद्धहरुको स्वागत थाप्न पूर्व राजा ज्ञानेन्द्र करिव आधा हण्टा पैदल हिडेका थिए । स्वागतका लागि बाक्लो भिड जम्मा भएपछि ससस्त्र र जनपथ प्रहरीले भिडलाई मर्यादित बनाउने काम गर्नु परेको थियो । ज्ञानेन्द्रको स्वागतमा कुरेकाहरुले राजा आउ देश बचाउ जस्ता नारा लगाएका थिए । पूर्व राजा ज्ञानेन्द्र भोली झापामा हुने सम्मान ग्रहणका लागि पूर्व आएको बताइएको छ ।

0 comments:
Post a Comment