Monday, 16 May 2016
राप्रपा नेपालले नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय सनातन धर्मसभा आयोजना गर्ने भएको छ ।
राप्रपा नेपालले काठमाण्डौमा अन्तराष्ट्रिय सनातन धर्मसभा गर्ने जेठ ३ । राप्रपा नेपालले नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय सनातन धर्मसभा आयोजना गर्ने भएको छ । सोमबार राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सनातन धर्मसभा आयोजना गर्ने लगायतका विभिन्न निर्णय गरेको हो । बैठकले आज गरेका निर्णय जस्ताको त्यस्तै : १. पार्टीको बृहत्तर हित र एकता विपरित छुट्टै भेलाको आयोजना, गर्ने, पटक पटक सचेत गराउँदा पनि अटेर गर्ने कार्यमा संलग्न ललितपुर जिल्ला कार्य समितिलाई पार्टीको विधानको धारा २५ को उपधारा १२ बमोजिम विघटन गरिएको छ । साथै नयाँ समिति गठन गर्नका लागि बागमति अंचल संयोजक बाबुकाजी प्रधानलाई त्यस जिल्लामा रहेका केन्द्रीय सदस्यहरुसँग परामर्श गरी आगामी तिन दिनभित्र सिफारिस गर्न निर्देश गरेको छ । २. राप्रपा नेपालले निकट भविष्यमा काठमाण्डौमा अन्र्तराष्ट्रिय सनातन धर्मसभा गर्ने निर्णय गरेको छ, यसका लागि सभाको अवधारणा पत्र, कार्यक्रमको मोडालिटि एवं तिथि मिति तय गरी अर्को बैठकमा पेश गर्न केन्द्रीय सचिवालयलाई निर्देश गरेको छ । ३. राप्रपा नेपालले शुरु देखि नै निरन्तर उठाउँदै र पटक पटक दबाबमुलक संघर्षका कार्यक्रम गर्दै आएको स्थानीय निकायको निर्वाचन बारे सरकारले नीति तथा कार्यक्रममा समावेश गरेकोमा राप्रपा नेपालको बैठकले सन्तोष व्यक्त गरेको छ । स्थानीय निकायको निर्वाचनको औचित्य र आवश्यकता बारे आगामी जेठ ७ गते काठमाण्डौमा बृहत गोष्ठि गर्ने निर्णय समेत गरेको छ । ४. राप्रपा नेपालको बैठकले पार्टीको मौजुदा साँगठनिक संरचनालाई प्रादेशीक संरचनामा लैजाने सैद्धान्तिक सहमति गरेको छ । यसका लागि पार्टीका महामन्त्री एवं संगठन विभागका प्रमुख डा. धवल शम्शेर राणा संयोजक रहेको प्रादेशिक संरचना पुर्न्निर्माण सुझाव समिति गठन गरेको छ । ५. राप्रपा नेपालले सरकारमा सहभागी भएपछिको अवस्थालाई गम्भिर ढंगले समिक्षा गरेको छ । सरकारको काम कारबाही प्रभावकारी हुन नसकेको प्रति बैठकले चिन्ता व्यक्त गर्दै भुकम्प पछिको पुर्न्निर्माण, जनजिविका लगायतका बिषयमा गम्भिर हुन बैठकले सरकारको ध्यानाकर्षण गराएको छ ।
Powered by Blogger.
Contact me
Contact Form
Labels
Find Us On Facebook
Search This Blog
About us
-
?max-results="+numposts5+"&orderby=published&alt=json-in-script&callback=recentarticles1\"><\/script>");
यो लिंक थिच्नुहोस
Kosis
Click
Popular Posts
-
काठमाडौं– लामो छलफल र बहस पश्चात असहमतिका वावजुद शिक्षा ऐन संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ । व्यवस्थापिका संसद अ...
-
वर्षासंगै कमला नदीले खेतीयोग्य जमिन कटान थाल्यो पिडितहरु भन्छन् : लालपुर्जा छ, जग्गा छैन सिन्धुली,२६ असार – अबिरल बर्षाका कारण सिन्...
-
यस्तो छ दाहाल मन्त्रिपरिषद नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले ६ सदस्यीय मन्त्रीपरिषद् गठन गरेका छन्। नवनिर्वाचित प्रधानमन्त...
-
एजेन्सी । हामिले बेला बेलामा केटाले केटीलाई बलात्कार गरेको घटना त सुनेकै छौ । तर यस्तो घटना जहा मानिसद्धार पशु बलात्कृत भएको घटना विर...
-
काठमाण्डु, २ जेठ- प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक स्रोत र मानवीय शक्ति परिचालन गरेर देश विकासमा जुट्नुपर्ने बताएका छन् । राष...
-
शुक्रबार, ३१ बैशाख, २०७३ काठमाडौं, वैशाख ३१ । विभिन्न समूहमा विभाजित पूर्वपञ्चहरुबीच एकीकरण गराउने अभियानको सुरुआत भएको छ । राप्...
-
सुन्दरीजलको जंगलमा यस्तो अवस्थामा एक जोडी रंगेहात भेटेपछि केटाहरुले mobile बाट भिडियो बनाई youtube अपलोड गरिदिए हेर्नुहोस भिडियो
-
एजेन्सी । इतिहासमा यस्ता कैयौ राजारानी छन् जसको कहानी सुनेर हामी अचम्ममा पर्छौ । कोही आफ्नो शत्तिका लागि त कोही आफ्नो कार्यकालमा निर्...
-
१९ जेठ, काठमाडौं । सिडियो र सहायक सिडिओको सरुवा लाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री शक्ति बस्नेतबीच वाकयुद्ध चलेको छ । ...
Video Of Day
Flickr Images
?max-results=10">Technology
');
-
?orderby=published&alt=json-in-script&callback=mythumb1\"><\/script>");
0 comments:
Post a Comment