Thursday, 12 May 2016

on Leave a Comment

सप्तकोसीमा तटबन्ध निर्माण र पाइलट च्यानल खन्ने काममा रोक


वैशाख ३० print



भारतको विहार सरकारले सप्तकोसी नदीको बराह क्षेत्रस्थित पुल्ठेगौडा क्षेत्रमा निर्माण गर्दै आएको तटबन्ध तथा पाइलट च्यानल खन्ने कार्यमा रोक लागेको छ । 
 
पुनरावेदन अदालत विराटनगरको आदेशका कारण जोखिमपूर्ण अवस्थामा रहेको पुल्ठेगौडा क्षेत्रको तटबन्ध तथा पाइलट च्यानल खन्ने कार्य रोकिन पुगेको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीले अदालतको आदेशपछि सुरक्षाकर्मी परिचालन गरी तटबन्धको काम बन्द गराएको हो । 
 
बराह क्षेत्र निवासी तारादेवी श्रेष्ठ र रवी राईले आफ्नो नम्बरी जग्गामा तटबन्ध निर्माण गरेको भन्दै पुनरावेदन अदालत विराटनगरमा जिल्ला प्रशासन कार्यालय सुनसरी र ठेकेदार कम्पनीलाई विपक्षी बनाई मुद्दा दायर गरेको हो । 
 
सो मुद्दामाथि भएको बहसपछि पुनरावेदन अदालतका न्यायाधीश कुमार पोखरेलको एकल इजलासले तत्काल पुल्ठेगौडा क्षेत्रमा निर्माण गरिँदै आएको तटबन्ध तथा पाइलट च्यानलको काम बन्द गर्न अन्तरिम आदेश दिएको हो । 
 
कोसी सम्झौताअन्तर्गत भारत सरकारले सप्तकोसी नदीको कोसी ब्यारेजदेखि बराह क्षेत्रसम्म तटबन्ध र स्पर निर्माण एवम् मर्मत कार्य गर्दै आएको छ । सप्तकोसीमा बर्सेनि आउने बाढीका कारण सुनसरीको बराह क्षेत्र, महेन्द्रनगर र प्रकाशपुर गाविसको जमिन कटान हुँदै आएको छ । 
 
भारत सरकारले करोडौँको लगानीमा यो वर्ष बराह क्षेत्रका पुल्ठेगौडातिर हान्निएको कोसीलाई पश्चिमतर्फ फर्काउन अग्लो तटबन्धसँगै ९ देखि १३ नम्बर स्पर भएको स्थानमा तारजालीमा ढुङ्गा हालेर बहाव पश्चिम फर्काउन पाइलट च्यानल खन्ने कार्य गर्दै आएको थियो । 
 
अदालतको आदेशपछि तटबन्धको निर्माण कार्य अलपत्र परेको छ । काम रोकिएपछि रोजगारीका लागि आएका सयौँ नेपाली र भारतीय मजदुर घर फर्किएको ठेकेदार खगेन्द्र दाहालले बताए । 
 
विसं २०६५ भदौ २ गते दिउँसो सप्तकोसी नदीले पश्चिममा कुशाहा–४ कोसीटप्पु वन्यजन्तु आरक्ष कार्यालयतिरबाट पूर्वी तटबन्ध भत्काएर ठूलो जनधनको नोक्सान गरेको थियो । त्यो समयमा पश्चिम कुशाह हरिपुर श्रीपुर र लौकही गाविसमा नोक्सानी पुगेको थियो । ती गाविसका धेरै मानिस विस्थापित भएर अन्यत्र आन्तरिक शरणार्थी बन्नुपरेको थियो ।

0 comments:

Post a Comment

Powered by Blogger.

Contact Form

Name

Email *

Message *

Find Us On Facebook

Search This Blog

About us

    ?max-results="+numposts5+"&orderby=published&alt=json-in-script&callback=recentarticles1\"><\/script>");

यो लिंक थिच्नुहोस

Kosis

Click

Popular Posts

Video Of Day

Flickr Images

?max-results=10">Technology
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb1\"><\/script>");
?max-results=10">Fashion
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");

World

?max-results=10">Gallery
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");
?max-results=10">Sports
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");