Thursday, 12 May 2016

on Leave a Comment

काठमाडौँका लागि चाइनाबाट छुट्यो मालबाहक रेल



59
China opens its first combined transport service to Nepal 12
वैशाख ३०, काठमाडौं । चीनबाट नेपालका लागि मालबाहक रेल उपभोग्य सामाग्रीसहित काठमाडौँका लागि छुटेको छ ।
चीनको उत्तर पश्चिमी प्रान्त गान्सुको राजधानी लान्झोउबाट दैनिक उपभोग्य तथा अन्य व्यापारिक सामान बोकेर मालवाहक रेल आज (बिहिबार) दिउँसो काठमाडौंका लागि छुटेको हो । रेलको अन्तिम गन्तब्य काठमाडौं भएपनि यसले चीनकै स्वशासित क्षेत्र तिब्बतको सिगात्सेमा सामान झार्ने बताइएको छ ।
चीनको लान्झोउबाट छुटेको सामान तीन चरण पार गर्दै १० दिनमा काठमाडौं आइपुग्नेछ । लान्झोउबाट सामान बोकेको रेल दुई हजार चार सय ३१ किलोमिटर लामो बाटो छिचोल्दै सिगात्से आइपुग्नेछ ।
त्यसपछि ५ सय ६४ किलोमिटर लामो सडक छिचोल्दै सामान बोकेका कन्टेनर सिगात्सेबाट केरुङसम्म आइपुग्नेछन् । त्यहाँबाट फेरि नेपाली कन्टेनरहरुले १६० किलोमिटर लामो सडक यात्रा छिचोल्दै चीनबाट छुटेका सामान काठमाडौं ल्याइपुर्याउनेछन् ।
चीनबाट सिधै रसुवागढी नाका हुँदै काठमाडौं आइपुग्ने सामान भारतको बाटो हुँदै समुद्रबाट परम्परागतरुपमा ल्याइने समयमा भन्दा ३५ दिन चाँडो आइपुग्ने चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।
रेल एकपटकमा ४३ वटा कार र ८६ वटा कार्गो कन्टेनर बोक्न सक्ने क्षमताको छ। यो मालवाहक रेलले नेपालका लागि दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरु ढुवानी गर्ने चाइना रेल्वे कन्टेनर कर्पोरेसनका कार्यवाहक निर्देशकले बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण बेला चीनसँग गरेको पारवहन सम्झौता अनुरूप काठमाडौँका लागि आवश्यक सामान बोकेको मालवाहक रेल चीनबाट छुटेको हो ।

0 comments:

Post a Comment

Powered by Blogger.

Contact Form

Name

Email *

Message *

Find Us On Facebook

Search This Blog

About us

    ?max-results="+numposts5+"&orderby=published&alt=json-in-script&callback=recentarticles1\"><\/script>");

यो लिंक थिच्नुहोस

Kosis

Click

Popular Posts

Video Of Day

Flickr Images

?max-results=10">Technology
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb1\"><\/script>");
?max-results=10">Fashion
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");

World

?max-results=10">Gallery
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");
?max-results=10">Sports
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");