एजेन्सी, वैशाख ३० print
आईफोन 7 को डिजाइनको बारेमा जानकारी बाहिर आएपछि आब फोनको क्यामराको बारेमा थप जानकारी प्राप्त भएको छ।
द भर्ज पत्रिकाले दिएको जानकारी अुनसार आईफोन 7 मा ५.५ इन्च डिस्प्ले हुने छ। साथै फोनको पछाडि दुईवटा क्यामरा र ३ जीबी र्याम हुने जनाइएको छ।
साथै उक्त रिपोर्टले फोनमा ३.५ एमएम ज्याक हुने र नहुने दुवै कुरा तर्फ इशारा गरेको छ।
साथै आइफोन 7 प्लसमा आईप्याड प्रो जस्तै स्मार्टकनेक्टर नहुने जनाइएको छ।
यसका साथै जीपीयू, डिस्प्ले आदीमा पनि परिवर्तन देख्न सकिने जनाइएको छ।
0 comments:
Post a Comment