Friday, 13 May 2016

on Leave a Comment

तीन तलासम्म पार्किङ गर्न मिल्ने धरहरा बनाइन्छ: प्रधानमन्त्री


KP-Oli-at-Dharahara-4
काठमाण्डु, ३१ वैशाख- प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट भत्किएको ऐतिहासिक धरहरालाई नयाँ शैलीमा निर्माण गरिने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार धरहरा पुनःनिर्माणका लागि सोसाइटी अफ नेपलिज आर्किटेक ९सोना० को सहयोग रकम ग्रहण गर्दै उनले धरहरालाई पहिलाकै स्वरुपमा बलियो र सुरक्षित बनाइने बताए ।
‘धरहरा सबैको साझा हो । हामीले नबनाए कसले बनाउने । धरहराको पुरानो सम्झना र गौरव झल्कने गरी नयाँ शैलीको सुरक्षित धरहरा बनाउँछौँ’, प्रधानमन्त्री ओलीले भने ।
उनले धरहरालाई पहिलाको भन्दा फराकिलो, बलियो र सुविधायुक्त बनाइने र त्यसका लागि ठूलो धनराशि खर्च हुने भन्दै आमजनताले अपनत्वको भावनाका साथ सहयोग गर्नुपर्ने बताए ।
उनले भने, ‘झन्डै तीन करोड नेपाली जनताबाट एक–एक रुपैयाँ उठाउँदा तीन करोड हुन्छ, सय–सय रुपैयाँ उठाउँदा पनि तीन अर्ब हुन्छ, त्यसैले धरहरा आफूले बनाए भन्ने आत्मसन्तुष्टि हुन्छ, ‘म बनाउँछु मेरो धरहरा’ यो सबैले अपनत्व अनुभूत गर्ने गरी सहभागिता जनाउँ ।’
‘मेरो धरहरा मै बनाउँछु’ भन्ने राष्ट्रिय अभियानअन्तर्गत स्वदेशी लगानीमै अहिले सहयोग सङ्कलनको कार्य तीव्र छ ।
प्रधानमन्त्री ओलीले धरहराको जग फराकिलो तथा तीन तलासम्म पार्किङ गर्ने सुविधायुक्त बनाइने र त्यहाँ भूकम्पबाट मृत्यु भएका व्यक्तिहरुको श्रद्धाञ्जलीस्वरुप उनीहरुको नामावली राखिने उल्लेख गरे ।
सोनाका महासचिव सुमन मेहेर श्रेष्ठ नेतृत्वमा गएको टोलीले धरहरा पुनःनिर्माणका लागि रु सात लाख २७ हजार १९६ सहयोग रकमको चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेको थियो ।
संस्थाको सामाजिक दायित्वअन्तर्गत पुरातात्विक महत्वको धरहरा निर्माणका लागि सहयोग गरिएको महासचिव सुमन मेहेर श्रेष्ठले बताए ।
कानुन मन्त्रालयका कर्मचारीबाट सहयोग
राष्ट्रिय गौरवका रुपमा रहेको ऐतिहासिक सम्पदा धरहरा पुनःनिर्माणका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलका कर्मचारीहरुले ५४ हजार १६८ सहयोग गरेका छन् ।
मन्त्रालयका सचिवको तीन दिन, सहसचिवको दुई दिन र अन्य कर्मचारीको एक दिनको तलब बराबरको रकम गरी सो रकम सङ्कलन गरिएको मन्त्रालयका प्रवक्ता डिल्लीराज घिमिरेले जानकारी दिए । सो रकम राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको धरहरा पुनःनिर्माण कोषमा जम्मा गरिएको हो ।

0 comments:

Post a Comment

Powered by Blogger.

Contact Form

Name

Email *

Message *

Find Us On Facebook

Search This Blog

About us

    ?max-results="+numposts5+"&orderby=published&alt=json-in-script&callback=recentarticles1\"><\/script>");

यो लिंक थिच्नुहोस

Kosis

Click

Popular Posts

Video Of Day

Flickr Images

?max-results=10">Technology
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb1\"><\/script>");
?max-results=10">Fashion
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");

World

?max-results=10">Gallery
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");
?max-results=10">Sports
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");