Saturday, 28 May 2016

on Leave a Comment

सन्दीपले जिताए कावलुनलाई



अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कसँग सन्दीप लामिछाने ।
जेष्ठ १६, २०७३- नेपालका सनसनी युवा लेगस्पिनर सन्दीप लामिछानेले हङकङको घरेलु क्रिकेटमा सानदार ‘डेब्यु’ गरेका छन् । हङकङमा पहिलो पटक भएको हङकङ ब्लिज ट्वान्टी–२० प्रतियोगितामा शनिबार विश्वकप विजयी कप्तान माइकल क्लार्कसँगै खेल्दै १६ वर्षे सन्दीपले २ विकेट लिंदै कावलुन क्यानटोनलाई जिताए ।

कावलुनले आफ्नो पहिलो खेलमा हुङ होम जेडी जगुवारलाई डकवर्थ लुइस पद्धतिमा २ रनले पराजित गर्‍यो । टस जितेको कावलुनले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ६२ रन बनायो । वर्षाका कारण हुङ होमलाई १२.२ ओभरमा १ सय १ रनको नयाँ लक्ष्य दिइयो । तर टिमले ५ विकेट गुमाई ९८ रनमात्र बनाउन सक्यो ।

अस्ट्रेलियाका पूर्वकप्तान क्लार्कले अन्तिम ३ बलमा ६ रनमात्र दिएर कावलुनको उद्धार गरे । सन्दीपले कावलुनबाट सबैभन्दा बढी ३ ओभर बलिङ गरे । उनले २७ रन खर्चेर २ विकेट लिए । सन्दीपले हुङ होमका कप्तान किन्चित शाहलाई १५ र क्रिस्टोफर कार्टरलाई आउट गरे । कार्टरले टिमबाट सर्वाधिक ४० रन बनाए ।

आइल्यान्ड वारियर्ससँग कावलुनको खेल वर्षाले रद्द बनायो । कावलुनले ५ ओभरमा ४९ रन बनाएको अवस्थामा खेल रद्द हुन पुगेको थियो । कावलुनले आइतबार ग्यालेक्सी राइडर्ससँग खेल्नेछ । जित हात पारेमा त्यही दिन हुने फाइनल खेल्नेछ ।

‘निकै राम्रो भयो मेरो खेल, अनौठो अनुभव भइरहेको छ । माइकल क्लार्कसँगै खेल्दा हौसला पनि बढेको छ । सबैले मलाई हेरचाह पनि गरे,’ सन्दीपले हङकङबाट कान्तिपुरसँग भने । वर्षाले प्रभावित भए पनि कन्डिसन राम्रो रहेको र त्यसमा आफूले आत्मविश्वासी बलिङ गरेको जनाए ।

‘सुरुमै विकेट पाउँदा मलाई सजिलो पनि भयो,’ सन्दीपले भने । उनी आठौं ओभरमा बलिङमा आएका थिए र उनले पहिलो ओभरकै अन्तिम बलमा शाहलाई आउट गरे । उनले त्यो ओभरमा ४ रनमात्र दिएका थिए । तर दोस्रो ओभरमा सन्दीपले १६ रन खर्चेका थिए । तेस्रो ओभरमा फेरि विकेट लिई उनले राम्रो प्रदर्शन देखाए ।

अस्ट्रेलियाका पूर्वस्पिन जादूगर शेन वार्नका प्रशंसक हुन् सन्दीप । उनको बलिङ शैली पनि केही वार्नसँग मिल्दोजुल्दो छ । सन्दीपले भने, ‘क्लार्कले मलाई वार्नले प्रशिक्षणमा र म्याचमा के गर्थे त्यो पनि बताए ।

0 comments:

Post a Comment

Powered by Blogger.

Contact Form

Name

Email *

Message *

Find Us On Facebook

Search This Blog

About us

    ?max-results="+numposts5+"&orderby=published&alt=json-in-script&callback=recentarticles1\"><\/script>");

यो लिंक थिच्नुहोस

Kosis

Click

Popular Posts

Video Of Day

Flickr Images

?max-results=10">Technology
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb1\"><\/script>");
?max-results=10">Fashion
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");

World

?max-results=10">Gallery
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");
?max-results=10">Sports
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");