Tuesday, 24 May 2016

on Leave a Comment

सिंहदरबार बैठकमा मधेसी मोर्चाविरुद्व खनिए प्रधानमन्त्री


जेठ ११

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी मोर्चाकै सल्लाहमा सर्वदलीय बैठक आह्वान गरेपनि उनीहरुले नै धोका दिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।all party meeting (1)
सिंहदरबारमा सत्तारुढ दलका साथै कांग्रेसबीच भएको छलफलमा उनले मधेसी मोर्चाको सल्लाहमा आफूले बैठक आह्वान गरेको भएपनि अन्तिम समयमा मोर्चाका नेताहरुले अनुपस्थित हुने खबर पठाउँनुले उनीहरुको नियतमाथि नै प्रश्नचिन्ह खडा भएको भन्दै आक्रोश ब्यक्त गरेका थिए ।
बैठकमा सहभागि एक नेताका अनुसार आफूले समस्याको समाधानको लागि पहलकदमी लिन खोजेपनि मोर्चाकै नेताहरुले वार्ताप्रति गाम्भीर्यता नदेखाउँदा समस्या उत्पन्न भएका बताएका थिए ।
प्रधानमन्त्रीले बैठक सुरु गर्दै सोमबार मोर्चाका नेताहरुसँग आफुृले फोनमा परामर्श गरेर नै आज विहान बैठक बोलाइएको जानकारी दिँदै भने, ‘ हिजो तराइ मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग फोनमा कुरा भएअनुसार नै उहाँले भन्नुभएको समय आज विहान १०.३० बजेका लागि बैठक तय भएको थियो । मैले विहान ९ बजे बैठक बोलाउन खोज्दा तमलोपाका अध्यक्ष ठाकुरले ९ बजे आफ्नो आखाँ जाँच गराउनुपर्ने भएकोले १० बजेपछि बैठक राख्न दिनुभएको सुझाव अनुसार नै आज १०.३० बजे प्रधानमन्त्रीले बैठक बोलाइएको हो ।’
तर विहान ९.३० बजेपछि अध्यक्ष ठाकुरले प्रधानमन्त्रीलाई फोन गरी आफुहरुको बैठक बसेर मात्र वार्तामा आउने वा नआउने जानकारी गराउने बताएको बैठकमा ओलीले जानकारी गराएका थिए ।
ओलीले हिजोसंयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई सम्बोधन गरी ६ बुँदे लिखित पत्र पठाएका थिए । मोर्चाका तर्फबाट वैशाख ३० गते सरकारलाई पठाइएको ध्यानाकर्षण पत्रको जवाफमा प्रधानमन्त्रीले मोर्चालाई नै सम्बोधन गरी हिजो पत्र पठाएको प्रधानमन्त्रीका सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।
बैठकमा मोर्चाका नेताहरु सहभागी नभएपनिसरकार वार्ता र संवादबाटै समस्याको राजनीतिक समाधान खोज्ने पक्षमा दृढ रहेको र मोर्चासँग अनौपचारिक र औपचारिक वार्तालाई जारी राख्न तयार रहेको प्रधानमन्त्रीले बताएका थिए । यस्तै प्रधानमन्त्रीले राष्ट्रिय समस्यालाई समाधान गर्न छोडेर राजनीतिको खेल नबनाउन आग्रह गरेका थिए ।
बैठकमा सहभागी कांग्रेस सभापति शेरबहादुर देउावा, नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड, मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष एवं उपप्रधानमन्त्री विजय गच्छदार, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरी, राप्रपाका नेता डा. प्रकाशचन्द्र लोहनी, नेकपा मालेका महासचिव एवं उपप्रधानमन्त्री सिपी मैनाली, नेमकिपाका अध्यक्ष नारायणमान विजुक्च्छे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं उपप्रधानमन्त्री चित्रबहादुर केसीलगायतले दलहरुले समस्याको राजनीतिक समाधान खोज्न आ–आफ्नो ठाउँबाट अनौपचारिक र औपचारिक पहल जारी राख्नुपर्ने प्रतिबद्धता जनाए ।

0 comments:

Post a Comment

Powered by Blogger.

Contact Form

Name

Email *

Message *

Find Us On Facebook

Search This Blog

About us

    ?max-results="+numposts5+"&orderby=published&alt=json-in-script&callback=recentarticles1\"><\/script>");

यो लिंक थिच्नुहोस

Kosis

Click

Popular Posts

Video Of Day

Flickr Images

?max-results=10">Technology
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb1\"><\/script>");
?max-results=10">Fashion
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");

World

?max-results=10">Gallery
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");
?max-results=10">Sports
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");