काठमाडौँ–केपी ओली नेतृत्वको सरकार ढाल्ने शेरबहादुर देउवाको प्लान ए ले काम गर्न नसकेपनि सुपर प्लान बीको तयारी भएको छ । नीति तथा कार्यक्रम अगाडि नै सरकार ढाल्ने योजना अगाडि सारेर एमाओवादीसँग छलफलमा सहभागी भएका काँग्रेस नेताहरुले सो प्लान असफल भएपनि आफूहरुसँग सुपर प्लान बी रहेको भन्दै त्यसको संकेत दिन थालेका छन् ।
आजको जनआह्वान साप्ताहिकमा खबर छ– भारतीयहरुको योजनमा नै केपी ओलीलाई विस्थापित गर्ने योजना राम्रोसँग नपाक्दै काँग्रेस नै सार्वजनिक गरेपछि त्यसले सार्थकता नपाएको बताइन्छ ।
एक काँग्रेस नेताकाअनुसार खड्ग ओलीलाई विस्थापन गर्न पहिलो चरणमा एमाओवादीलाई बाहिर निकाल्ने र उसैको नेतृत्वमा सरकार बनाउन आश्वासन दिने थियो । सरकारबाट बाहिरिएपछि अब हाम्रै नेतृत्वमा सरकार बन्नुपर्छ भन्दै एमाओवादीलाई यता न उता मूलाबारी भित्ता बनाउने काँग्रेसी योजना थियो । तर सो योजना एकाएक असफल भएपछि सुपर प्लान बीको तयारी गरिएको छ ।
सुपर प्लान बीमा काँग्रेसले तय गरेअनुसार वर्तमान सरकारमा सहभागी भएका दुई घटक राप्रपा नेपाल र मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक)लाई सरकारबाट बाहिर निकाल्न् नै हुनेछ । त्यसको् लागि दक्षिणबाट मोटो रकमको डिल समेत भइसकेको छ । राप्रपा नेपालको २५ र फोरम(लोकतान्त्रिक)को १४ सांसद रहेका छन् ।
नीति तथा कार्यक्रम अगाडि एमाओवादीलाई सरकारबाट निकाल्ने तयारी जस्तै बजेट प्रस्तुत गर्ने एक साता अगाडि अर्थात आगामी जेठ १० गतेतिर राप्रपा नेपाल र फोरमलाई सरकारबाट निकाल्ने योजना काँग्रेसको रहेको छ । भारतबाट मोटो रकम ल्याएर प्रति सांसद पाँच देखि सात करोडसम्म व्यवस्था गर्ने आश्वासन प्राप्त भएको छ ।
0 comments:
Post a Comment